ग्रीन डेभपलमेन्ट बैकले सर्वसाधारणको लागि शेयर निस्कासन गर्ने भएको छ। प्रधान कार्यालय बागलुङ रहेको बैंकले एक सय अंकित दरको चार करोड ५० लाख रुपैयाँको चार लाख पचास हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निस्काशनको तयारी थालेको हो।
बैंकले जेठको अन्तिम साता शेयर निस्कान गर्न लागेको अध्यक्ष गणेश कुमार श्रेष्ठले बताए। बैंकको शेयर भर्न निस्कासन भएको ४ दिनसम्म मात्र म्याद रहने छ। बैंकको साधारण शेयर निस्कासनबाट ठूला एवं साना लगानीकर्ताहरुका लागि लगानीको अवसर खुल्ने छ।
शेयर निस्काशन तथा बिक्रीको प्रवन्धनमा एनआईबीएल क्यापिटल मार्केट नियुक्त भएको छ। नेपाल राष्ट्र बैंकबाट ख बर्गको इजाजत प्राप्त वित्तीय संस्थाको रुपमा रहेको बैंकले जारी गर्ने शेयरमध्ये एक जनाले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म शेयर खरिद गर्न पाउने भएका छन।
शेयर खरिद गर्न चाहने सर्वसाधारणहरुका लागि प्रधान कार्यालय बागलुङ, शाखा कार्यालय म्याग्दी लगायत अन्य क्षेत्रमा समेत व्यवस्था गरिने बताईएको छ।
सर्वसाधारणहरुमा निस्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार श्रेष्ठले बताए। शेयर निस्कासनको सम्पुर्ण प्रकृया पुरा भईसकेको बैंकले जनाएको छ।
बैकले गत चैत्र मसान्त सम्म ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उनले बताए। अधिकृत पुँजी ५० करोड रहेको र जारी पुँजी १० करोड रुपैयाँ रहेको छ। बैंकले हाल म्याग्दीमा शाखा कार्यालय राखी कार्य गर्दै आएकोमा आगामी दिनमा कास्कीमा समेत बिस्तार गर्ने तयारी गरेको छ।
from setopati
No comments:
Post a Comment