Monday, May 9, 2016

जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर प्रमाणपत्र बाँडफाँड आजबाट सुरु !!!

जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर प्रमाणपत्र बाँडफाँड आजबाट सुरु भएको छ। सेयर निस्कासन गरेको दुई महिनापछि पुस २९ मा बाँडफाँड गरेकोमा कम्पनीले प्रमाणपत्र भने  करिब ४ महिनापछि आजबाट मात्र वितरण सुरु गरेको हो।
 
सेयरधनीले प्रमाणपत्र लिन वाँडफाँडपत्रसँगै नागरिकताको प्रतिलिपी पनि लैजानु पर्छ । सेयर प्रमाणपत्र वितरण भइसकेपछि एक डेढ महिनामै सेयर सूचीकृत हुने प्रबद्र्धक नागरिक लगानी कोषले जनाएको छ।
 
सेयर प्रमाणपत्र लिन आवेदकले आवेदन केन्द्रमै तोकिएको समयमा गएर लाइन बस्नुपर्नेछ। कार्यलय समयमा प्रमाणपत्र वितरण हुनेछ। प्रमाणपत्र लिन आवेदकले सेयर नपरेको रकम फिर्ता लिँदा एसी पे चेकको साथमा लिएको अर्धकट्टी साथमा लिएर जानुपर्नेछ।
 
प्रमाणपत्र लिइसकेपछि त्यसलाई आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यकोमा गई डिम्याट गराउनुपर्नेछ। तोकिएको ढाँचामा ‘डिपोजिट पेपर’ भरी सेयर प्रमाणपत्र निक्षेप सदस्यकोमा छोड्नुपर्छ। निक्षेप सदस्यले कागजी प्रमाणपत्रलाई अभौतिक रुपमा लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्दछ।  

From :Setopati

No comments:

Post a Comment