जब तपाईं आफ्नो बैंक अकाउण्टबाट पैसा निकाल्नुहुन्छ, तब तपाईको इमेल र मोवाइलमा यसको सूचना आउँछ । यस अलावा बैंक अकाउण्ट स्टेटमेन्टबाट समेत यसको बिषयमा पत्ता लाग्छ । तर अब ह्याकर्सले यी विषयमा समेत बठ्याईं गर्न थालेका छन् र यी कुनै पनि माध्यमबाट तपाईले आफ्नो अकाउण्टबाट पैसा निकालेको छनकसम्म पाउन सक्नुहुन्न । ह्याकरहरुले तपाईको अकाउण्टको मौज्दात र कारोबारसँग सम्बन्धित जानकारीहरुलाई सिस्टममै फ्रिज गरिदिन्छन् र आरामसाथ तपाईंको अकाउण्टबाट पैसा निकालिदिन्छन । यसरी तपाईंको खाताबाट पैसा झिकिएको जानकारी तपाईले तब मात्र पाउनुहुन्छ, जब तपाईंको एटीएमले मिनी स्टेटमेन्ट दिन्छ वा तपाईंले काटेको कुनै चेक बाउन्स भइदिन्छ । यस्तो घटना सबैभन्दा बढी अहिले साना व्यवसाय गरिरहेकाहरुको हकमा हुने गरेको अध्ययनहरुले देखाएका छन् ।
अर्कोतर्फ, ह्याकरहरुको नजर तपाईको क्रेडिट कार्डमा पनि हुन्छ र उसले तपाईलाई कुनै जानकारी नदिई पैसा निकालिदिन्छ । यस्तो समूहले सुरुमा तपाईको अकाउण्टबाट एकसय रुपैयाँ जस्तो सानो रकम निकाल्छन् । यो रकम तपाईको क्रेडिट कार्डको स्टेटमेन्टमा अतिरिक्त शुल्कको शीर्षकमा दर्ज भइदिन्छ । यसरी ह्याकरहरुले तपाईको क्रेडिट कार्ड प्रयोगमा छ या छैन भन्ने सूचना हासिल गर्छन । यसरी तपाईको कार्डको उनीहरुले दुरुपयोग गर्छन । यस्तो ह्याकर समूहलाई तपाईंको क्रेडिट कार्डको बिषयमा आवश्यक सूचना वा जानकारी, डाइरेक्ट डाटा सेलिङ एजेन्ट वा यस्तै अन्तर्राष्ट्रिय कम्पनीहरुबाट प्राप्त हुन्छ ।
अनलाइन बैकिङ कारोबार गर्नुभन्दाअघि तपाईलाई बैंकबाट ओटीपी कोड पठाइन्छ । बिना ओटीपी कोड कसैले पनि अनलाइन बैकिङ कारोबार गर्न सक्दैन । यस्तो सवालमा ह्याकरहरुले तपाईको सीमकार्ड, बैंक अकाउण्टको डिटेल्स वा तपाईको कुनै पनि आइडी प्रूफ प्राप्त गर्ने प्रयास गर्छन । जब उनीहरुलाई तपाईको सीमकार्डको डिटेल र आइडी प्रूफ प्राप्त हुन्छ, त्यसपछि तपाईंको चलिरहेको सीमकार्ड उनीहरुले ब्लक गरिदिन्छन् र नयाँ सीमकार्ड एक्टिभेट गरिदिन्छन । जबसम्म तपाईलाई आफ्नो मोवाइल नम्बरको सीमकार्ड ब्लक भएको थाहा हुन्छ, त्यसभन्दाअघि नै ह्याकरहरुले तपाईको खाताबाट पैसा निकालिसकेका हुन्छन् ।
डाटा प्राप्त भएपछि ह्याकरहरु तपाईको खाताको प्रयोग चोरी गरिएको पैसाको ट्रान्सफरका लागि गर्छन । यदि तपाईंले एउटा खाता ह्याक भएको थाहा पाउनुभयो र त्यस्तै सूचनाहरुबाट बनेको अर्को कुनै खाता पनि छ भने त्यसलाई पनि तुरुन्तै बन्द गरिदिनुहोस् ।
कार्ड क्लोनिङको विधिको प्रयोग अनलाइन र अफलाइन दुवै माध्यमबाट हुन्छ । ह्याकरहरुले यो विधि प्रयोग गरेर तपाईंको खाताबाट निकै लामो समयसम्म पैसा निकाल्न सक्छन । यो प्रक्रियामा ह्याकरहरुले तपाईको कार्डको विस्तृत विवरण एकमिनेट भन्दा कम समयमा दोश्रो कार्डमा ट्रान्सफर गरिदिन्छन । यस्तो फ्रडबाट बच्नका लागि तपाई कहिल्यै पनि आफ्नो क्रेडिट कार्डलाई रेष्टुराँ वा सपिङ मलमा अरुलाई प्रयोग गर्न नदिनुहोस् वा तपाईंको कार्डबाट अरुलाई पेमेन्ट गर्न नदिनुहोस् । कार्डबाट हुने हरेक भुक्तानी आफू सामुन्ने बसेर मात्र गर्नुहोस् ।
अहिले निकै नौलो ठगी शैली हो विसिङ । यो नयाँ प्रकारको साइबर क्राइम हो, जसमा तपाईलाई फोन गरेर विश्वास दिलाइन्छ कि तपाईलाई फोन गरिरहेको व्यक्ति बैंकबाट बोलिरहेको छ । तपाईंको मोवाइलमा पनि तपाईकै बैंकको नम्बर आइरहेको हुन्छ, जसका कारण फोनकर्तामाथि तपाईंले त्यति धेरै शंका गर्नुहुन्न । फोन गर्ने व्यक्तिले सो बेलामा तपाईको अकाउण्ट अपडेट गर्नुछ भन्दै तपाईको खाता र कार्डको डिटेल्स माग्नेछ । जब तपाईंले कुनै शंकाबिना आफ्नो बैंक खाता र कार्डको विस्तृत विवरण फोनकर्तालाई सेयर गर्नुहुन्छ, त्यसको केही समयमै तपाईको खाताबाट पैसा हराउनेछ ।
यसरी बच्नुहोस्
तपाईंको अकाउण्टको पासवर्ड ८ क्यारेक्टर भन्दा कमको हुन्छ वा कमन शब्दको हुन्छ । अक्षरको अलावा बीच–बीचमा कुनै नम्बर वा कुनै संकेत चिन्ह राखेर समेत सुरक्षित बन्न सकिन्छ ।
तपाईंको अकाउण्टको पासवर्ड ८ क्यारेक्टर भन्दा कमको हुन्छ वा कमन शब्दको हुन्छ । अक्षरको अलावा बीच–बीचमा कुनै नम्बर वा कुनै संकेत चिन्ह राखेर समेत सुरक्षित बन्न सकिन्छ ।
तपाई सामाजिक सञ्जालमा प्राय सधैं लगइनमै रहनुहुन्छ । ह्याकरहरु यस्ता व्यक्तिहरुप्रति खास ढंगले नजर बनाइराख्छन । यसबाट बच्नका लागि सामाजिक सञ्जालमा काम सकिएपछि सधैं लगआउट गर्न नभूल्नुहोस् ।
तपाईं सार्वजनिक स्थानमा दिइएको फ्रि वाइफाइ प्रयोग गर्न रुचाउनुहुन्छ । यस्तो वाइफाइको प्रयोगबाट डाटा ट्रान्सफर गर्न निकै सजिलो हुन्छ । किनभने यस्तो वाइफाइमा पासवर्ड हुँदैन । यसकारण सुरक्षाका लागि सामान्य अवस्थामा पब्लिक वाइफाइको प्रयोग नगर्नु नै हितकर हुन्छ ।
तपाईंको डिभाइसलाई पासवर्डले सधैं सुरक्षित राखेको हुन्छ । त्यसकारण कुनै बेला यदि तपाईंले आफ्नो डिभाइसमा पासवर्ड राख्नुभएन भने त्यो मौका छोपेर ह्याकरले तपाईंको अकाउण्ट ह्याक गर्छ र पैसा लगिदिन्छ ।
यदि तपाईं आफ्नो कार्ड पेमेन्ट गर्नका लागि दिनुहुन्छ र फिर्ता लिन भूल्नुहुन्छ भने यो नराम्रो बानी हो । यसबाट समेत ह्याकरहरुलाई फाइदा हुन्छ । त्यसकारण कार्डबाट पेमेन्ट गरेपछि तुरुन्तै कार्ड फिर्ता लिन कहिल्यै नभूल्नुहोस् ।
आफ्ना निकै महत्वपूर्ण डकूमेन्ट्स, जस्तै, प्याननम्बर, लाइसेन्स, नागरिकता, जग्गाधनी प्रमाणपूर्जा, पासबुकको फोटोकपी गराएपछि दोकानमा भूल्ने बानी पनि त्याग्नुहोस् । यस्ता डूकमेन्ट ह्याकरसम्म पुगेमा यसको प्रयोगबाट तपाईंको खाता ह्याक गर्न सजिलो हुन्छ ।
No comments:
Post a Comment