Wednesday, November 9, 2016

ट्रंप ले जितेपछि के हुन्छ ?? ट्रम्पका योजनाहरु:

ट्रम्पका योजनाहरु:
– मान्छेहरु गैरकानुनी रुपमा सीमा पार गरेर अमेरिकामा छिरिरहेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्नेहरुको ठूलो संख्या अपराधमा संलग्न छ । यो रोकिनैपर्छ । अहिले नै रोकिनुपर्छ ।
– हामीले बाहिरबाट अमेरिकामा मान्छे नल्याउने भनेको होइन, ल्याउँछौं । तर कानुनी रुपमा ल्याउनेछौं ।
– राष्ट्रपतिका रुपमा म सीमाको मामलामा अत्यन्तै कठोर हुनेछु । मैले पूर्ण कागजपत्रबिना अमेरिकामा विदेशीलाई छिर्न अनुमति दिनेछैन ।
– मैले एचवानबी भिसालाई सस्तो श्रम कार्यक्रमको रुपमा प्रयोग गर्ने कामलाई सधैँका लागि बन्द गर्नेछु । हरेक भिसा र इमिग्रेशन कार्यक्रमका लागि अमेरिकी कामदारलाई नियुक्त गर्ने पूर्ण आवश्यकतालाई संस्थागत गर्नेछु ।
– हामी हाम्रो देशमा बाहिरबाट मान्छेहरु आउन् भन्ने चाहन्छौं । तर तिनीहरु कानुनीरुपमा नै आउनुपर्छ ।
– मेक्सिकन नेताहरुले धेरै वर्षदेखि अमेरिकामा गैरकानुनीरुपमा छिर्ने कामदारमार्फत उनीहरुको देशबाट अमेरिकामा अपराध र गरिबी पठाउने कामको फाइदा लिइरहेका छन् ।
– सीमाबिनाको देश त देश नै होइन । गैरकानुनी रुपमा मान्छेहरु अमेरिका छिर्ने क्रम रोकिनैपर्छ । अमेरिकामा कम्तिमा पनि ११ मिलियन मान्छेहरु गैरकानुनी रुपमा आएका छन् । तिनीहरु सबै बाहिर जानेछन् । उनीहरुमध्ये केही फर्केर अमेरिकामा पनि आउनसक्छन्, तर उपयुक्त प्रकृयामार्फत आउनुपर्छ ।

साझा पोस्ट बाट 

No comments:

Post a Comment