मार्च २७ देखि अप्रिल ३ तारिखसम्म बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिको टोलीले खेल्ने छन् ।
प्रतियोगिता अन्तर्गत नेपालको पहिलो खेल मार्च २७ मा पाकिस्तानसँग हुनेछ । नेपालले मार्च २८ मा बंगलादेश साथै मार्च ३० मा हङकङसँग खेल्नेछ । अप्रिल १ मा सेमिफाइनल र अप्रिल ३ मा फाइनल खेल हुनेछ ।
खेलका लागि नेपाली टोलीमा ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भइसकेका छन् । स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् । वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् । शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
Source:http://ujyaaloonline.com/news/72420/cric/
March 25 dekhi ho sachyaunuhos...
ReplyDelete