पक्कै तपाइले कलंकी नागढुंगा को यात्रा त गर्नु भएको छ, यो बीच मा के के हुन्छ साएद तपाईलाई थाहा छ ।
कुरा अस्ति भर्खर को हो, मार्च २५ को, कलंकी बाट धादिंग को बस मा चढियो ।
अलिक पर, सतुंगल तिर बाट एकजना बुढा मान्छे गाडी मा चढे, सेतो सर्ट, कालो पाइन्ट, छालाको जुत्ता, इस्ताकोट अनि सिर मा ढाका टोपी पहिरन मा सानो एउटा कालो झोला पछाडी बोकी ।खास कुरा त झन्डै भन्न बिर्सेको, हात मा सारंगी लिएर ....
सुरु भयो यसरि :
नपारे है सम्जेर रुन...
फोन गरेर आइदेउ न भेट हुन,
तिम्लाई सपनी,
सपनी...
तिमि बिना बाचेर के अर्थ, मर्छु म पनि !!
सारंगी जोगाउने अभियान मा लागेको यी मान्छे को ब्याबसाय नै हो भन्दा पनि फरक नपर्ला ।
जसले यात्रु हरु लाई मनोरंजन दिंदै, आम्दानि को राम्रो स्रोत पनि बनाएका रहेछन । सिट को मान्छे हेरेर, ठ्याकै पारेर गित भन्दै सारंगी रेट्ने उनको कला नै रैछ । पैसा कमाउन बिदेस जानु पर्दैन, सस्कृति जोगाउन ठुला ठुला होटल मा गोष्ठी पनि चाहिदैन भन्ने उदाहरण हो यो । यो त भयो सारंगी को राम्रा कुरा, अब अर्को कुरा जसले सारा लाई ठगिरहेको छ
सारंगी वाला झर्ने बित्तिकै
थानकोट आइपुग्ने बेला मा एउटी अधबैसे आइमाई चढी, जसको हात मा २०/ २५ वोटा लेमिनेसन गरिएका केहि डकुमेन्ट हरु थिए ।
गाडी मा उक्लिनी बित्तिकै अगाडी बाटै लेमिनेसन गरिएका कागज सबै लाई बाड्दै लास्ट सिट सम्म आइ अर्थात मेरो सिट सम्म ।
मेरो हात मा एस्तो डकुमेन्ट पर्यो जुन बर्दाघाट निबासी ..............को .....उपचार को लागि आबसेक सहयोग गरिदिनु हुन भनि अनुरोध गरिएको थियो ।
जसको उपचार सरकारी अस्पाताल मा अहिले निसुल्क भैसकेको छ ।
अरु को हात मा पनि हेरे, सबैको हात मा फरक फरक नाम को उही प्रकार को अनुरोध पत्र थियो त्यो ।
५ मिनेट जति पछी हरेक सिट बाट पैसा उठाउदै आइ पछिल्लितिर सहचालक ले भाडा नै उठाए जसरी ।
प्राय सबै ले चुप चाप दिए, जब मेरो पालो आयो ,
मैले भने : यो त निसुल्क उपचार हुन्छ , तपाइँ यो........ हस्पिटल लिएर जानुस, एस्लाई मागी खाने भाँडो नबनाउनुस ...
भनेको के मात्र थिए रिस ले चुर पार्दै मेरो हात बाट उक्त कागजात थूत्त थुती बस बाट झरी ।
मेरो कुरा येत्ति हो कि येस्ता ठग लाई तुरुन्त कारबाही गरिनु पर्छ ।
No comments:
Post a Comment