Tuesday, March 21, 2017

धनाढ्य सूचीमा बिल गेट्स पहिलो, बिनोद चौधरीको स्थान उक्लियो-फोर्ब्स

धनाढ्य सूचीमा बिल गेट्स पहिलो, बिनोद चौधरीको स्थान उक्लियो-फोर्ब्स
चैत्र ८, २०७३- फोर्ब्स म्यागेजिनले हरेक वर्ष सार्वजनिक गर्ने धनाढ्यो सूचीको पहिलो नम्बरमा यो वर्ष पनि बिल गेट्स अटाएका छन् । सूचीमा पर्ने एक्ला नेपाली बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा छ ।
फोर्ब्सको अनुसार चौधरीको सम्पति १ दशमलब ३ बिलियन डरल छ । अघिल्लो वर्ष उनको सम्पति १ दशमलब १ बिलियन डलर थियो । 
फोर्ब्सका अनुसार बिल गेट्सको सम्पति ७५ बिलियनबाट बढेर यो वर्ष ८६ बिलियन पुगेका छ । बिल गेट्स कम्युटर अपरेटिङ सिस्टम उत्पादन गर्ने कम्पनि माइक्रोसफ्टका मालिक हुन् । 
सूचीको दोस्रो स्थानमा लगानीकर्ता बारेन बफेट छन् । उनको सम्पति ७५ दशमलब ६ बिलियन भएको फोर्ब्सले जनाएको छ ।  
सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थान ५ सय ४४ औं स्थानमा छन् । उनी अघिल्लो वर्षभन्दा २ सय २० स्थान तल खसेका छन् । फोर्ब्सको अनुसार उनको सम्पति साढे तीन बिलियन डलर मात्रै छ । अमेरिकी रियल स्टेटमा आएको गिरावटका कारण ट्रम्पको १ बिलियन सम्पति कम भएको फोर्ब्सले जनाएको छ ।  
विश्वकै १० धनाढ्यको सूचीको तेस्रो स्थानमा अमेजनका मालिक जेफ बेजोस, जाराका मालिक अमान्सियो ओर्टेगा, फेसबुक मालिक मार्क जुकरवर्ग छन् । 
साथै, ल्यारी इलिसन, चाल्र्स कोच, डेभिड कोच, माइकल ब्लुमवर्ग अटाएका छन् । 
फोर्ब्सले संसारभरका २ हजार ४३ अर्बपतिहरुलाई यो वर्ष सूचीमा समेटेको छ ।
यो सूचीमा सबैभन्दा धेरै अमेरिकी ५६५ जना अर्बपति छन् भने चीनबाट ३ सय १९ अर्बपति समेटिएका छन् । जर्मनीबाट एकसय १४ अर्बपति छन् ।
सूचीमा २ सय २७ महिला अर्बपति समेटिएका छन् । अघिल्लो वर्ष यो संख्या दुई सय दुई मात्रै थियो ।
फोर्ब्स सूचीबारे केही तथ्य 
  • पछिल्लो २३ वर्षमा १८ वर्ष बिल गेट्स सूचीको पहिलो स्थानमा छन् । 
  • यो वर्ष १ सय ९५ नयाँ अर्बपति थपिएका छन् । सबैभन्दा बढी चीनबाट थपिएका छन् ।
  • सूचीका सबैभन्दा कान्छी सदस्य एलेक्जेन्ड्रा एन्डरसन हुन् । उनी २० वर्षकी छिन् । पिताले सम्पति भाग लगाइदिएपछि उनी यो सूचीमा अटाउने सबैभन्दा कान्छी सदस्य भएकी हुन् ।


Source: http://bit.ly/2n8KtRg

No comments:

Post a Comment