पृथ्वी भन्दा एक सय गुणा ठूलो ग्रह पत्ता लागेको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाको केपलर दूरबिनले एलियन तारालाई परिक्रममा गर्दै गरेको ग्रह पत्ता लगाएको हो ।
यो ग्रहको आकार पृथ्वीको भन्दा सय गुणा ठूलो छ । केपलर दूरबिनले अरु ९ वटा साना ग्रह पनि पत्ता लगाएको छ । यी ग्रहमा तरल अवस्थामा पानी रहेको हुन सक्ने र जीवनको सम्भावना पनि हुन सक्ने वैज्ञानिकले बताएका छन् । केपलर दूरबिनले एक वर्षमा पत्ता लगाएका १२ सय ८४ नयाँ ग्रहको सूचीमा यसलाई समेटिएको छ । यो यसअघिको भन्दा दोब्बर भन्दा बढी हो । सौर्यमण्डल बाहिर कुनै पनि ग्रहले तारालाई परिक्रमा गरेको यो नै सबै भन्दा ठूलो ग्रह रहेको नासाले जनाएको छ ।

From: News24
No comments:
Post a Comment