Wednesday, May 11, 2016

मेरो माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड

२ महिनाअघि निस्कासन भएको मेरो माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड भएको छ। न्यूनतम १० देखि ४१ कित्तासम्म आवेदकले सेयर पाएका छन्। 
 
२ लाख ३० हजार रुपैयाँसम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट १० कित्ता सेयर दिइएको छ। त्यस्तै तोकिएको अधिकतम १० लाख रुपैयाँको सेयर माग गर्नेलाई ४१ कित्ता सेयर परेको छ। 
 
५० हजार रुपैयाँसम्मको सेयर माग गर्ने १ लाख ५३ हजारको संख्या रहेकोमा २२ हजार २ सय ७७ आवेदकले १० कित्ता सेयर पाउने भएका छन्। ५१ हजारदेखि २ लाख ३० हजार रुपैयाँसम्मको सेयर माग गर्ने १९ हजार ४५ आवेदकमध्ये ८ हजार ८ सय ७९ जना आवेदकलाई पनि १० कित्ता सेयर दिइएको छ।
 
२ लाख ४० हजारदेखि १० लाख रुपैयाँसम्मको सेयर माग गर्ने सबै आवेदकलाई ०. ४१ प्रतिशतका दरले सेयर परेको छ।  सेयर परे नपरेको सम्वन्धमा www.globalimecapital.com मा पनि हेर्न सकिने प्रबद्र्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। 
 
कम्पनीले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण सेयर निस्कासन गरेको थियो। ६ करोड १२ लाख रुपैयाँको सेयर निस्कासन भएकोमा १२ अर्ब बढीको आवेदन परेको थियो।
 
कम्पनीको चुक्ता पुँजी १४ करोड १८ लाख रुपैयाँ रहेकोमा सेयर निस्कासनपश्चात २० करोड रुपैयाँ पुगेको छ। कम्पनीमा संस्थापकको ६९. ४ तथा सर्वसाधारणको ३०. ६ प्रतिशत स्वामित्व रहनेछ।

From : Kinmel.Setopati

No comments:

Post a Comment