Wednesday, May 11, 2016

लाइभ स्ट्रिमिङ सेवा सुरु गर्दै ,कसरि लाइभ स्ट्रिमिङ गर्ने ??

लाइभ स्ट्रिमिङ सेवा सुरु गर्दै ,कसरि लाइभ स्ट्रिमिङ गर्ने ??

फेसबुकले केही साता अघि मात्रै आफ्नो एपमार्फत लाइभ स्ट्रिमिङ सेवा सुरु गरेको छ । यसअघि यो सेवा फेसबुकको मेन्सन नामक एपमार्फत गर्न सकिन्थ्यो । अहिले भने यो सोझैं फेसबुकको मोबाइल एपबाट गर्न सकिन्छ । र, यो धेरै सजिलो पनि बनाइएको छ । नेपालमा यो सुविधा लागू नभए पनि अहिले ३० वटा देशका फेसबुक प्रयोगकर्ताले लाइभ स्ट्रिमिङ सेवा पाइरहेका छन् । यो सेवा त्यसअघि केही समय अमेरिकाका प्रयोगकर्तामा मात्रै सीमित थियो । त्यो सेवा ति देशका फेसबुक प्रयोगकर्तामध्ये पनि आईओएस डिभाइसमा फेसबुक एप प्रयोग गर्नेहरूले अहिले लाइभ स्ट्रिमिङको सुविधा प्रयोग गर्न पाउँछन् । र, यो लोकप्रिय बन्दै गइरहेको छ ।  यो लोकप्रिय हुनुको कारण भनेको यसको सजिलो प्रक्रिया हो । केही समयमा यो सबै देशका प्रयोगकर्ताको लागि खुला हुनेछ र सबैमा भिडियो लाइभ स्ट्रिमिङ तरिका भने समान हुनेछ । केही समयमा एन्ड्रोइड र आईओएस दुवै एपका प्रयोगकर्ताले यो सुविधा पाउनेछन् । यो सुविधा कसरी प्रयोग गर्न सकिन्छ ?  यसको प्रक्रिया यस्ता छन् : 
 –एपको स्टाटस लेख्ने स्थानमा क्लिक गर्ने । 
–फोटो, ट्याग, इमोसन र लोकेसनभन्दा दायाँपट्टि छेउमा लाइभ स्ट्रिमिङको अप्सन छ ।
 –उक्त अप्सनमा क्लिक गरेपछि भिडियो स्ट्रिमिङको लागि तयार हुनेछ । 
–आफूलाई चाहिएको बखतमा रातो बटन थिचेर लाइभ स्ट्रिमिङ गर्न सकिन्छ । 
फेसबुकमा लाइभ स्ट्रिमिङ ३० मिनेटसम्मको मात्रै हुन्छ । र, त्यो भन्दा बढी समय गर्नुपर्ने भए त्यसलाई इन्ड गरेर फेरि सुरु गर्नुपर्ने हुन्छ । साथै, ३० मिनेट अघि जुनसुकै समयमा पनि लाइभ स्ट्रिमिङ रोक्न सकिन्छ । लाइभ स्ट्रिमिङ सकिएपछि उक्त भिडियो न्यूजफिडका अन्य भिडियोजस्तै गरी बस्नेछ । 

फेसबुकले लाइभ स्ट्रिमिङ सुरुवात गर्नुअघि नै ट्वीटरले पेरिस्कोप नामक एपमार्फत लाइभ स्ट्रिमिङको सुविधा सुरु गरेको थियो । जुन स्मार्टफोनमार्फत छोटोछोटो समयको लागि स्ट्रिमिङ गर्न लोकप्रिय छ । पेरिस्कोपबाट खिचिएको भिडियो ट्वीटरमार्फत अरु मानिसले हेर्न सक्नेछन् । यसको प्रक्रिया पनि ज्यादै सजिलो छ । आफ्नो एन्ड्रोइड वा आईओएस डिभाइसमा पेरिस्कोप डाउनलोड गरेर सजिलै लाइभ स्ट्रिमिङ गर्न सकिन्छ । यसमा ट्वीटरमा सेयर नगर्ने, आफूलाई फलो गर्ने मानिसलाई मात्रै देखाउने कि सबैलाई देखाउने, वा कसैले नदेख्ने गरी लाइभ गर्ने जस्ता अप्सनहरू छन् । 

मिरक्याट र स्न्यापच्याटजस्ता एपले पनि भिडियो लाइभ स्ट्रिमिङको सुविधा दिन्छन् तर फेसबुक र ट्वीटरको बढी प्रयोगकर्तासमक्ष पहुँच भएकाले उनीहरूको एप बढीले प्रयोग गरिहाल्छन् र चर्चित बनिहाल्छ । 

यूट्युवले पनि अबको केही महिनापछि यसरी सोझैं भिडियो स्ट्रिमिङ गर्नमिल्ने एप सार्वजनिक गर्दैछ । अहिले विभिन्न थर्ड पार्टी एपको प्रयोग गरेर मोबाइलबाट यूट्युवमा भिडियो स्ट्रिमिङ गर्न सकिन्छ तर यो प्रक्रिया झन्झटिलो हुन्छ । फेसबुक, ट्वीटरजस्ता कम्पनीको लाइभ स्ट्रिमिङ एपसँग प्रतिस्पर्धा गर्ने गरी यूट्युवले सजिलै यूट्युवमा लाइभ गर्न मिल्ने एप ल्याउन लागेको हो । 
From:Ekantipur

No comments:

Post a Comment