Sunday, February 12, 2017

स्वास्थ्यमन्त्री थापाले ल्याउने भए कडा नीति, बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बिक्री बन्द हुने !

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले सर्वसाधारणको हितलाई ध्यान दिँदै कडा कानुन ल्याउने तयारी गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाको नेतृत्वमा मदिरा नियन्त्रण गर्न कडा कानुन ल्याउने तयारी गरिएको हो ।  मुलुकमा पछिल्ला वर्ष मदिरा सेवनका कारण विभिन्न रोग र प्रकोपहरु देखिन लागेको भन्दै मदिरा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मदिरा नियन्त्रण नीति, २०७३ ल्याउन लागेको जनाइएको छ ।
यसको अगुवाई पूर्णरुपमा गगन थापाले गरेको जनाइएको छ । मदिरा सेवनका कारण पछिल्ला वर्ष नेपालमा मुटुरोग, एचआइभी, आत्महत्या, घरेलु हिंसा लगायतका घटनाहरुको बढोत्तरी हुँदै गएपछि स्वास्थ्य मन्त्रालयले मदिरा नियन्त्रणमा कडाई गर्न लागिएको जनाएको छ ।

त्यसका लागि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मदिरा नीति, २०७३ को खाका समेत तयार पारिसकेको श्रोतले बताएको छ । सो नीतिअनुसार अब मदिराको उत्पादन, बिक्री–वितरण र सेवन सम्बन्धी विज्ञापन लगायतका समाचार र विज्ञापन समेत कुनै पनि सञ्चारमाध्यामबाट प्रचार प्रसार गर्न पाइने छैन ।
मन्त्रालयले मदिराको प्रयोग र व्यापार घटाउनका लागि बोतलहरुमा मदिरा सेवनका कारण क्षति भएको कलेजो र मुटुको तस्वीर राख्नुपर्ने जनाएको छ । त्यतिमात्र होइन अब खुल्ला रुपमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मदिरा विक्री वितरण गर्न समेत निषेध गरिने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले श्रोतले जनाएको छ ।  विश्व स्वास्थ्य संगठनले मदिरा सेवनका कारणले हुने रोग र मृत्युलाई कम गर्न १० वटा रणनीति तर्जुमा गरेको छ । यसलाई एक सय ९३ वटा सदस्य राष्ट्रले सर्वसम्मतले अनुमोदन गरिसकेका छन् । नेपाल सरकारले पनि यो रणनीतिलाई अनुमोदन गरेको छ।
स्वास्थ्य मन्त्रालयले यसरी बनाउँदैछ मदिरा नियन्त्रण नीति 
मदिराको हानिकारक प्रयोग र यसका कारणले हुने जनस्वास्थ्यसामाजिक र आर्थिक समस्याका विषयमा जनचेतना अभिबृद्धि गर्ने।
मदिराको उन्पादनबिक्रीवितरण र सेवन सम्बन्धी विज्ञापनप्रवद्र्धनप्रायोजन र समाचार कुनै पनि प्रकारको सञ्चार माध्यम र तरिकाबाट प्रचारप्रसार गर्न निषेध गर्ने।
मदिराको सहज उपलब्धता र पँहुचलाई नियन्त्रण र नियमन गर्ने। 
मदिराको उत्पादनबिक्री वितरण र उपभोग सम्बन्धी विद्यमान कानुनको समयानुकूल परिमार्जन र एकीकृत गर्ने। 
मदिराको उत्पादनओसारपसारआयातबिक्रीवितण र सेवनमा नियनत्रण र नियमन गर्ने।
मदिराको हानिकारक सेवनका कारणले हुने विकृतिरोग र मृत्युदर घटाउने।
मदिराको हरेक वर्ष मूल्यबृद्धि र मदिराको हानिकारक सेवन नियन्त्रण तथा नियमनका लागि पर्याप्त आर्थिक स्रोतको व्यवस्थापन गर्ने।
मदिराको प्रयोग गरी सवारी साधन चलाउनमा रोक लगाई दुर्घटना रोकथाम गर्ने। 
मदिराको उत्पादन तथा सेवनका कारणले सिर्जना हुने गरिबीकुपोषण र खाद्यान्न अभाव घटाउने।
मदिराको हानिकारक सेवनका कारणले हुने पारिवारिक हिंसासामाजिक सद्भावमा पुग्ने खलल र असुरक्षाको अवस्था रोक्ने।
मदिराको हानिकारक प्रयोगको नियन्त्रण र नियमन सम्बन्धमा सरोकारवाला निकाय तथा संघसंस्थासँग समन्वयनसहकार्य र साझेदारी गर्ने।
मदिराको हानिकारक प्रयोगको नियन्त्रण र नियमनका लागि मानवीयवित्तीय वा बजेट एवं भौतिक स्रोतको पर्याप्त व्यवस्था तथा क्षमताको अधिबृद्धि गर्ने।
मदिरा सेवनको कारणबाट हुने हानी घटाउने र रोकथाम गर्ने।
Copy from Suryakhabar.com

No comments:

Post a Comment