केहि दिन अघि पत्रकार ऋषि धमला संग रिपोर्टस् क्लबमा गरिएको एक कुराकानी ,,,,

धमला :- घिमिरे जि स्वागत छ तँपाईलाई हाम्रो क्लबमा ,,,!
म :- धन्यवाद ,धमला जि
धमला :- बिहे गर्नु भो ???
म :- छैन ,अब गर्ने सोचमा छु


धमला :- कहिले गर्ने ,१वर्ष ,२वर्ष ४वर्ष कहिले गर्ने सुरज जि ,नढाँटि भन्नुस् ।
म :- उस्लाई बाहेक मैले कसैलाई ढाँटेको छैन ,,,,


धमला :- को संग विहे गर्दै हुनुहुन्छ तँपाई? प्रमिका छन् या मागि विवाह ,,,,यहाँ अाएपछि भन्नैपर्छ सुरज जि ,जनता जान्न चाहन्छन्

म :- प्रेमिका त पक्कै होलिन् नि कसै कसैको

धमला :- फेसबुकमा केटिहरु त खुब लाईन लाग्छन् रे नि तपाईं संग ?
म :- अँ ,जब च्याट बटम अन गर्छु A देखि Z र क देखि ज्ञ सम्ममा सबै सिरियल्लि अाँउछन्



धमला :- कतिजना संग अफेयरमा हुनुहुन्छ ,४० ,५०,१०० कति ??
म :- एउटा स्टाटसमा like गर्दा पनि प्रेम प्रस्ताव राखे जस्तै लाग्छ ,अनि कमेन्ट गर्दा चै बिहेको प्रस्ताव ,एकपटक गन्नै पर्छ धमला जि


धमला :- अनि च्याटमै बोले भने चै ??
म :- बिहे गरेपछि छोरिमान्छे बाट के को प्रस्ताव अाउँछ अाफै सोच्नुस न



धमला :- भनेपछि



म :- अँ,सोचिसकेँ भनौ , छोरी भए 'खुसि' र छोरा भए 'सफल'


धमला :- विशेष त तपाईलाई फेसबुकमा कस्ता केटिहरु मन पर्छन् ?
म :- विशेष त म फेसबुकमा फोटो नराख्ने केटिहरु मन पराउछु ,फोटो राख्ने केटिहरु बोल्दैनन्


धमला :- किन फोटो नराख्नेहरु त फेक हुदैनन् र ?
म :- प्राय फेकहरु संग नै प्रेम हुन्छ मेरो ,किनकि ननफेकहरु पहिल्यै रिजर्भ भैसकेका हुन्छन्


धमला :- मनपरेको मान्छे संग त बोल्न पनि डर लाग्छ रे भन्ने पनि सुनिन्छ नि ?
म :- साँच्चै धमला जि जब म कसैलाई मन पराउँथे नि , हो ऊ म सँग कहिल्यै पनि नबोलिकनै टाढिई ?


धमला :- के तपाईं अाज सम्म सिंगल नै हुनुहुन्छ ?
म :- हो म अाज सम्म पनि सिंगल नै छु ,तर पनि सिंगलको सिग्नल नहुँदो रहेछ !


धमला :- हामी कार्यक्रमको अन्तिममा अन्तिममा छौ ,जनतालाई केही भन्न चाहनुहुन्छ ?
म :- बैशाखमा चुनाव हुँदै छ , साहित्यका साथिहरु समेटेर नयाँ पार्टी खोल्ने तयारिमा छु सबैले साथ दिनुहुन्छ भन्ने अाश राख्दछु ,धन्यवाद !



No comments:
Post a Comment