पिकनिक भन्ने बित्तिकै कसको मन फुरुङ्ग नहोला र ? त्यो पनि साथीहरूसँग, त्यो पनि बचपनका।
बिहानै उठेर हातमुख धोएर, हिजो धोएर सुकाएको स्कुलको ड्रेस लगाएको—कसैले चामल, कसैले तरकारी, कसैले मासु, कसैले थाल, कसैले गिलास बोकेको… अझै थाल साटिन्छ कि भनेर नङ पालिस लगाएको बिर्सिनु भयो ? 😂 चम्चा हराएर खोज्दै–खोज्दै हैरान भएको, अनि घर पुगेपछि आमाले गाली गरेको पनि बिर्सिनु भयो ? 😅 १८/२० वर्ष अघि भेट भएका साथीहरू—सँगै चुंगी खेल्ने, क्यारेम खेल्ने, राजेश हमाल र रेखा थापाका पोस्टकार्डमा सायरी लेखेर पठाउने, बेञ्चमा फलानु + फलानु लेख्ने, ट्वाइलेटको भित्तामा नानाथरि लेखेर रंगाउने साथीहरू 🙈, गुड मर्निङ भन्दै उठ्दा बेञ्चमा पेन राखिदिने साथीहरू 😂 अब त्यो दिन न त फेरि पुग्न सकिन्छ, न त फर्केर आउँछ।
आज सबैजना कोही कसैका बुहारी, कोही ज्वाइँ, कोही बुवा/आमा बनिसकेका छौँ। तर जोश उही, खेलाँचीपन उही, अनि उही फन्नी साथीहरू ।
यिनै–यिनै सम्झनालाई ताजा बनाउन, ती पुराना यादहरू, सँगै बिताएका बालापनका पलहरू सम्झन निलकण्ठ बाट २०६५ मा SLC दिएका सबै साथीहरूलाई पिकनिकमा समेट्ने धेरै प्रयास गरियो…तर अन्त्यमा झन्डै ३० जना “लिजेन्ड” मात्र गल्छीमा उपस्थित भए ।
सुबिर ब्रो त चित्रकार जस्तो लाग्थ्यो—कलाकार नै रहेछ यार 😋 ठेकेदार सापको त कुरै छोडौँ 😅 अनि सीताको डान्सको तारिफ त हजार जिब्रा भएका सेस नागले समेत गर्न नसक्ने, हामीले क्यारी गर्यौँ 😃 इमानको त्यो स्टेप वाउ… दामी दामी 😋 पढ्न अल्छी लाग्दा स्कुल नै हड्ताल गरिदिने नारन के सारो सुध्रिएको यार 😂 ।
सिसाको गिलास १५ मिटर माथिबाट फ्याँक्दा पनि फुट्दैन भन्ने कुरा इन्जिनियरलाई समेत थाहा थिएन 😃 कि कसो मेघ ? 😋 टिकाले गीत मात्र गाउछ जस्तो लाग्थ्यो—नाच्दो पनि रहेछ यार 😃 मिलन र भरत दुवैको भुडी बिहे नगरी घट्दैन है 😋 ।
राजन जत्तिको व्यापारिक गफ अशोक, भुवन, रमेश, रेसम, उत्तम र सन्तोष साउजीहरूले लाउन थाले भने ठाउँको ठाउँ देश नै खाइदिन्छ यार 😅 मिरिना—पिकनिक जाँदा डबल–डबल चप्पल बोक्नु पर्दैन ल 🙈
रामहरी ले हाँडी फुटायो, कसैले बेलुन, कसैले लिपस्टिक, लाए, कसैले काँटा 😅 दिन भर हाँसो–ठट्टा रोकिएन।
पिकनिक बाट फर्केर फेसबुक तिर फोटो हेरेपछि पो बल्ल थाहा पाइयो फोटो खिच्ने पोज त सुस्माहरूबाट पो सिक्नुपर्ने रहेछ ☺️ अब अर्को पटक इन्दिरा र विष्णु—एक्लै एक्लै हैन है 😄 भेष र दुर्गालाई पनि अब ल्याउनु 😃 साथि भनेको के हो भनेर रि देखि आउँदाको कथा सुनामीलाई सोध यार 😊
यो सबै सम्भव बनाउने रञ्जना र टिमलाई विशेष धन्यवाद 🙌 तर रञ्जनाले रुन चाहिँ बिर्सेकी छैन रहेछ है 😂
अनि अर्को कुरा—अहिलेको पिकनिकमा ९०% ले छोरा पाएका रहेछन्, अर्को पिकनिकमा आउँदा छोरीको संख्या बढाउनु है 😅 नत्र देशमा संकट आइपर्छ 😋
✍️ Nakul sedai

.png)