सर्वसाधारणका लागि फागुन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर निस्कासन हुने भएको छ। चुक्ता पुँजी बृद्धिका लागि राष्ट्र बैंकले ल्याएको नीतिपछि पहिलो पटक यो बैंकले सर्वसाधारणका लागि सेयर स्वामित्व प्रदान गर्ने भएको हो।
सर्वसाधारणबाट ३० प्रतिशत सेयर स्वामित्व पुर्याउनुपर्ने प्रावधानअनुरुप बैंकले ९० लाख कित्ता सेयर प्रिमियममा जारी गर्ने भएको छ। ५ सय १ रुपैयाँ प्रिमियर रकम थप्दै प्रतिकित्ता ६ सय १ रुपैयाँका दरले सर्वसाधारणले कम्पनीको सेयर खरिद गर्न सक्ने छन्।
नेपाल धितोपत्र बोर्डले सेयर निस्कासनका लागि स्वीकृति दिने अन्तिम तयारी गरेको छ। सेयर निस्कासनका लागि बैंकको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीका अनुसार केही दिनमै बोर्डले सेयर निस्कासनको लागि स्वीकृति दिने छ।
बोर्डले स्वीकृति दिएको २ महिनाभित्र सेयर जारी गरिसक्नुपर्ने प्रावधान रहे पनि फागुनको दोस्रो साताभित्रै सेयर निस्कासन हुने प्रबद्र्धक नागरिक लगानी कोषले जनाएको छ। यस पटक सेयर खरिद गर्दा डिम्याट खाता हुनेहरुले सोको बिओ आईडी नम्वर पनि फारममा भरेमा उनीहरुको सेयर सिधै खातामा जम्मा हुने व्यवस्था पनि मिलाइएको कोषले जनाएको छ।
कोषका उपव्यवस्थापक रोशनजंग कार्की भन्छन् ‘डिम्याट खाता हुनेहरुले इन्भेष्टमेन्ट बैंकको सेयर प्रमाणपत्र लिन लाइन बस्नु पर्दैन।’ धितोपत्र बोर्डले स्वीकृति दिएपछि फागुनको दोस्रो सातासम्म इन्भेष्टमेन्ट बैंकको एफपीओ सेयर निस्कासन हुने उनले जानकारी दिए।
मर्जमा नगई बोनस सेयर तथा एफपीओ निस्कासनबाट चुक्ता पुँजी बढाउनेगरी बैंकले आफ्नो योजना राष्ट्र बैंकसमक्ष बुझाएको थियो। एफपीओ निस्कासनपछि बैंकको चुक्ता पुँजी ९० करोड रुपैयाँ थपिनेछ। बोनस सेयर वितरणपछि कम्पनीलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउन सहजता हुनेछ। २०७२ असारसम्मको लेखापरीक्षणपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। पछिल्लो पटक बजारमा सो बैंकको सेयर मूल्य प्रतिकित्ता ९ सय रुपैयाँको हाराहारीमा रहेको छ।
कस्तो छ बैंकको वित्तीय अवस्था ?

सेतोपाटी डट कम बाट
No comments:
Post a Comment