सफ्टवेयरमा भएको गडबडीका कारण करोडौँ एन्ड्रोइड फोनका डाटा ह्याकरको हात लाग्ने खतरा पैदा भएको छ।
सफ्टवेयरमा बग्स (Bugs) खोज्ने चेकप्वाइन्टका शोधकर्ताले अमेरिकी कम्पनी क्वालकमले बनाएको चिपसेटमा चलिरहेका सफ्टवेयरको जाँच गर्ने क्रममा यो खतरा पत्ता लागेको अन्तर्राष्ट्रिय समाचारमाध्यममा उल्लेख छ।
कम्पनीका अनुसार करिब ९० करोड फोनमा क्वालकमका प्रोसेसर छन्। तर हालसम्म ह्याकरले यसबाट फाइदा उठाएको प्रमाण भने भेटिए
को छैन।
चेकप्वाइन्टसँग सम्बन्धीत अधिकारी माइकल शाउलभले भनेका छन्, ‘तीनचार महिनामा ह्याकरले यो कमजोरीको फाइदा उठाउन सुरु गर्नेछन् भन्नेमा मलाइ पूरा विश्वास छ।
यस विषयमा कम्पनीका तर्फबाट भने कुनै प्रतिक्रिया नआएको बिबिसिमा उल्लेख छ।
निम्न उल्लेखित मोबाइल फोन यो समस्याबाट प्रभावित हुनसक्ने बताइएको छ।
· BlackBerry Priv and Dtek50
· Blackphone 1 and Blackphone 2
· Google Nexus 5X, Nexus 6 and Nexus 6P
· HTC One, HTC M9 and HTC 10
· LG G4, LG G5, and LG V10
· New Moto X by Motorola
· OnePlus One, OnePlus 2 and OnePlus 3
· US versions of the Samsung Galaxy S7 and Samsung S7 Edge
· Sony Xperia Z Ultra
From Kinmel Setopati
No comments:
Post a Comment