किन मनाइन्छ अप्रिल फूल, कसरि सुरुवात भयो यो ??
गेग्रोरियन क्यालेन्डरको अप्रिल १ तारिकलाई अप्रिल फुलका रुपमा मनाउने गरिन्छ ।
तर यो अप्रिल फुल किन मनाउन थालियो भन्ने एकिन इतिहास छैन ।
अप्रिल फुल मनाइने विभिन्न अनुमान भने छन् ।
मध्ययुगमा युरोपका सबैजसो सहरहरुमा मार्च २५ मा नयाँ वर्षको उत्सव मनाइन्थ्यो ।
फ्रान्सको केही क्षेत्रमा एक हप्तासम्म नयाँ वर्ष मनाइन्थ्यो ।
अप्रिल १ देखि नयाँ वर्ष सुरु भएको मान्ने गरिन्थ्यो ।
जो मानिसहरु जनवरी १ तारिकमा नयाँ वर्ष मनाउँथे उनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरुलाई मुर्ख भन्न थाले ।
जो मानिसहरु जनवरी १ तारिकमा नयाँ वर्ष मनाउँथे उनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरुलाई मुर्ख भन्न थाले ।
अप्रिल १ नयाँ वर्ष होइन ‘अप्रिल फुल’ हो भन्न थालियो ।
सन् १५६४ देखि फ्रान्सले पनि आधिकारिक रुपमा जनवरी १ लाई नयाँ वर्ष अवलम्वन गर्यो ।
सन् १५६४ देखि फ्रान्सले पनि आधिकारिक रुपमा जनवरी १ लाई नयाँ वर्ष अवलम्वन गर्यो ।
तर सरकारको त्यो निर्णय मन नपराउनेहरु पनि निस्किए ।
जसले अप्रिल १ मै नयाँ वर्ष हुनुपर्छ भन्न थाले । यस्तो भन्ने पुरानाहरुलाई नयाँले मुर्ख भन्न थाले भन्ने तर्क दिने गरिन्छ ।
१६ औं शताब्दीमै अप्रिल महिनालाई नयाँ वर्षका रुपमा युरोपमा अश्विकार गरिए पनि बिक्रम सम्वतमा भने यहि महिनामा नयाँ वर्ष पर्छ ।
अर्थात वैशाख महिना बिक्रम सम्वतको पहिलो महिना हो ।
No comments:
Post a Comment