Sunday, April 16, 2017

राष्ट्रपति भारत जाँदा/आउँदा पनि सार्वजनिक विदा, रास्ट्रपति ले बिदा दिनु पर्दैन भनेर भाउ खोज्या कि, सरकार ले बिदा दिएर चाकडी गर्या ??

भण्डारी आफै ले म भ्रमण मा निक्लिदा किन बिदा दिनु पर्यो र पर्दैन भन्ने अनि 
सरकार ले चै सार्बजनिक बिदा घोसणा गर्ने ??
रास्ट्रपति ले बिदा दिनु पर्दैन भनेर भाउ खोज्या कि, सरकार ले बिदा दिएर चाकडी गर्या ?? 
राष्ट्रपति भारत जाँदा पनि र आउँदा पनि सार्वजनिक विदा
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको कानुन मन्त्री अजयशंकर नायकले जानकारी दिए। राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। यसअघि राष्ट्रपति भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी थिइन्। राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा विदा दिन नपर्ने बताएकी थिइन्। ‘बैठकमा राष्ट्रपति भारत जाँदा मैले विदा दिने कुरा सुनिएको छ, सरकारले विदा दिन लागेको हो र? भनी सोधेको थिएँ’, राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँले सरकारले के गर्छ आफूलाई जानकारी नभएको तर विदा दिनु पर्दैन भन्नुभयो।’  यद्यपी राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी विदा दिने चलन पूर्वराष्ट्रपति रामवरण यादवका पालादेखि तोडिएको थियो। सन् २०१० मा तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणका बेला गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। तर मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेको थिएन। तर आज बसेको मन्त्रिपरिषद बैठकले भण्डारी विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ। त्यसअघि नेपालका राष्ट्राध्यक्ष राजा हुँदा राजाको हरेक विदेश भ्रमण शुरु हुने दिन र स्वदेश फिर्ता हुने दिन राष्ट्रिय विदा दिने चलन थियो। त वर्ष भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सरकारले एक दिन सार्वजनिक विदा दिएको थियो। 

Source: Setopati

No comments:

Post a Comment