Wednesday, August 23, 2017

तीज को पावन अवसर मा सर्त सहित सबैलाई सुभकामना !! सक्दो सेयर गर्नुस र सुभकामना बाड्नुस !!

प्रिय दिदि बहिनि हरु,
नेपाली नारि हरु को महान चाड  हरितालिका तीज को पावन  अवसर मा निम्नानुसार सर्त सहित सबैलाई सुभकामना !!

१. भोको नबस्नुस, भोको बसेर कसैको आयु बढ्ने भाको भा साएद कोहि मान्छे त अमर नै हुन्थे होलान, खान नपाएर भोकै मरेका हरु लाइ सम्जनुस, के तिनीहरु का श्रीमान/श्रीमती को आयु कति बढ्यो ?? पेट खालि राखेर नेपाल मा भाइरल बनेको ग्यास्ट्रिक लाइ तेल थप्ने काम नगर्नुस !!

२. मन्दिर गएर पुजा गर्नुहुन्छ तर बाटामा खान नपाएर छटपटाइ रहेका आत्मा हरु को वास्ता हुदैन, बाटामा हिन्दै गर्दा सडक पेटी मा छटपटाइ रहेको हुन्छ।  तपाइले बरु तेस्ता बेक्ती हरु लाइ सहयोग गर्नुहोस।  देस मा बाढी आइरहेको छ, बाढी पिडित का नाम मा सहयोग गर्नुस, पढ्ने उमेर का धेरै बालबालिका हरु अझै सडक बालबालिका का नाम मा भेटिन्छ, उनीहरु लाइ पढ्न मा सहयोग गर्नुस, त्यस मा नै तपाइले हजार गुणा धेरै धर्म कमाउनु हुन्छ पुजा गरे भन्दा बढी, जसले तपाईको  आत्मा सन्तुस्टी त दिन्छ नै, कसैको भबिस्य बन्न सक्छ सानो सहयोग ले।  तर एसको मतलब यो हैन कि पुजा नै नगर्नुस !!

३. देखासिकी नगर्नुस, घांटी  हेरेर हाड निल्नु पर्छ।  तपाई केहि गर्नु छ भने, अनाबस्यक  फजुल खर्च कटाएर बचत नगर्नुस, नाफा योग्य ठाउमा लगानी गर्नुस !! जसले तपाइको भबिस्य उज्वल बनाउन  सहयोग त गर्छ नै, तपाइको बच्चाको पनि।

४. तीज लाइ मनोरंजन को  नाम मा मात्र नलिनुस, यो हाम्रो लोक सस्कृति हो, हाम्रो सम्पति हो, एस्लाई हामीले जोगाउनु पर्छ, हामीले नै जोगायेनौ भने, हाम्रो सन्तति ले लोक सस्कृति को प्रस्न  गर्दा तपाइको उत्तर के ?? बिमा कुमारी दुरा जस्ता को मौलिक तिज गित हरायो, मलाई लाग्छ यो तीज लाइ मनोरंजन को नाम मा मात्र लिनु हुने छैन, यो हाम्रो मौलिक सस्कृति हो, एस्लाई जोगाउने दायित्व  मेरो पनि हो भन्ने  पक्क्षे मा हुनुहुन्छ।

 
५. पहिलो कुरा आफुलाई सुरक्षित बनाउनुस, एदी तपाइँ गहना ले झकि झकाउ हुनु हुन्छ भने तपाइँ सुरक्षित हुनुहुन्न। चोर, लुटेरा हरु बाट बच्नुस। सम्जनुस, तरकारी किनेर घर मा आएर हेर्दा कुहिएको परेछ भने तपाईलाई कस्तो रिस उठ्छ ?? तरकारी मा त तेस्तो हुन्छ भने, तपाइले जिबन मा दुख गरेर कमाएको पैसा ले किने को गहना केहि भयो भने तपाइलाई कस्तो हुन्छ होला ?? फेरी किन्ने कुरा मा ठगिने सम्भावना पनि उस्तै। सुन मा गर्नी लगानी  नाफा योग्य लगानी होइन, एस्लाई नाफा योग्य  ठाउमा लागानी गर्नुस। नाच्न्दा खेरि नि तपाईलाई एती चिन्ता हुन्छ कि, हात, खुट्टा, कान, नाक, घांटी मा मिनेट मिनेट मा बिचार गर्नु पर्ने, बरु लगानी गर्नुस छम छ्मी नाच्नुस, दोहोरो फाइदा लिनुस।

साथीहरु लाइ मेरो अनुरोध छ, यो पोस्ट सक्दो सेयर गरेर सबै साथी हरु को माझ पुरैदिनुस !!

Nakul Sedai



No comments:

Post a Comment