Wednesday, November 1, 2017

रास्ट्रियता, प्रजातन्त्र, समाजबाद !! रुख चिन्ह मा ढुक्क भएर हानौ छाप !!

कती छिटो भुल्छौँ है हामीहरु ! 
कती समबेदनहिन भैसकेका छौं है हामीहरु ?? 
लुटिएको भुल्यौँ !
कुटिएको भुल्यौँ !
चन्दा र अपहरणले सताइएको भुल्यौँ !
कथित जनयुद्धमा हात खुट्टा मात्र होइन
कयौँ का टाउका कटाइएको भुल्यौँ !
निर्दोसहरुलाई अपाङ्ग हुनेगरी ठटाइएको भुल्यौँ !
बम गोला पड्काइएको भुल्यौँ !
कयौँ निर्दोसका घाँटी सड्काइएको भुल्यौँ !
पत्रकार लाई जिउँदै खाडलमा हालेको भुल्यौं !
आतंकका मतियारहरुलाई बर्सौँ पालेको भुल्यौं !
५० बर्ष पछाडि फर्किने गरी
सुन्दर शान्त नेपाल गालेको भुल्यौं !
आफन्त लाई घाँटी रेटेर
पाखो बारीमुनी फालेको भुल्यौं !
सेना प्रहरी सब घेरा हालेको भुल्यौं !
बलीको बोको ढाले जस्तै
आफ्नै दाई भाई ढालेको भुल्यौं !
कती छिटो भुल्छौँ है हामी हरु !
अहिले तिनै तिनैहरु को गुण गान गाउँदैछौँ !
तिनैका दैला दैला धाउँदैछौं !
तिनैलाई जिताउंदै छौँ !
थाहा छैन जिताउंदै छौँ वा देश र अाफैलाई झन बिताउँदै छौँ !!!
यसो ति दिन सम्झ त सम्झना आउँछ भने
जिउँदै मरेको तिम्रो मनले यदि थाहा पाउँछ भने !
पढाउंदै गरेको गुरुलाई कक्षा कोठाबाट थुतेर
दुई हात पछाडि रुखमा बाँधेर गोली हान्दा
ति गुरुको प्राण कसरी गए होला ??
डेकेन्द्र थापाहरुको मरण कस्तो भयो होला ??
उनिहरु र उनिहरु जस्तै मारिनेहरु
अपहरण र बेपत्ता पारिनेहरु
तिम्रा आफन्त भएको भए
तिम्रा दाई भाई भएको भए
तिम्रा दिदी बहिनी कोही परेको भए
छोरा छोरी परेको भए
बल्ल चाल पाउँथ्यौ होला !
अझ तिमी मानबाधिकारका कुरा गर्छौ साथी !
छि छि छि तिम्रो मानबाधिकार, तिम्रो अन्धो राष्ट्रबाद !!!
हुन त आफ्नै घरमा लाश परे मात्र थाहा पाउने
बानी परेर होला !
तर ख्याल गर महाशयहरु
तिमी पनि मारिन सक्छौ
त्यो बेला को रोला ??
को बाँकी होला ??
नाकाबन्दी गरेर नेपालीको गास लुट्ने भारत सँग
तालिम लिएर, हतियार लिएर, बल लिएर
देशमा आतंकको खेती गर्ने उनिहरु !
१२ बुँदे देखी हर कुरामा गुलामी गर्ने उनिहरु !
आज प्रखर राष्ट्रबादी बनेको देख्दा दँग हामीहरु !
यती हुँदा होस् नआउने हामीहरु !
हामीले दु:ख नपाए कसले दु:ख पाउँछ ??
हामी नरोए को रुन्छ ?? 

चिन्ता नलिनुस !!
निर्णय सच्चाउने बेला आएको छ,
 जताततै कांग्रेस नै कांग्रेस छाएको छ !!
रास्ट्रियता, प्रजातन्त्र, समाजबाद,
रुख चिन्ह मा ढुक्क भएर हानौ छाप।  
text from social media 

No comments:

Post a Comment