Thursday, November 9, 2017

‘लुट २’ पनि पाइरेसी, फेसबुकबाट बाहिरियो पुरा फिल्म !!

चर्चाका अनि राम्रो विजनेस गर्दै आएका धेरै नेपाली फिल्महरु पछिल्लो केहि बर्षयता पाइरेसीको मारमा पर्दै आएका छन् । ‘पशुपतिप्रसाद’, ‘कोहिनुर’ देखि ‘छक्का पञ्जा’ विगतमा यसको पछिल्ला उदाहरण बने । अब भने गत बर्ष रिलिज फिल्म ‘लुट २’ पनि पाइरेसिको मारमा परेको छ । पुरा फिल्म फेसबुकमा अपलोड भएको छ ।

समाजिक सञ्जाल फेसबुकमा ‘वाच भिडियो अनलाईन’ नामको एक पेजमा यो फिल्म चरणगत रुपमा अपलोड भएको छ । तीन दिन पहिले अर्थात नोभेम्बर ६ र ७ तारिखमा यो फिल्म फेसबुकमा अपलोड भएको देखिन्छ । जहाँ ‘लुट २’ का चार वटा फुटेज समेटिएका छन । फिल्मलाई डिजिटल तथा अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार प्राप्त संस्था डिजिटल कम्पनि ‘हाइलाइट्स नेपाल’को वाटरमार्क सहित नै अपलोड गरिएको छ ।
३ घण्टा लामो फुटेजलाई लाईभ गरिएको छ भने टुक्रा गरेर पार्ट वान भनिएकोमा ४८ मिनेट र दोश्रो पार्ट भनिएकोमा १ घण्टा लामो फिल्म फेसबुकमा अपलोड गरिएको छ । जहाँ पचास हजार बढिले हेरिसकेका छन् ।
विदेशमा प्रदर्शनको लागी पठाईएको कपी बाहिरिएको अनुमान लगाईएपनि फिल्म कहाँबाट र कसले ‘लिक्ड’ गर्यो खुलेको छैन् । यो विषयमा बुझ्दा ‘हाइलाईट्स नेपाल’ले अनुसम्धान भईरहेको बतायो । तत्काल युट्युवमा अपलोडको कुनै योजना नबुनेको हाइलाइट्स अब भने छानबिनलाई अघि बढाउँदै पुरा फिल्म अपलोड गर्ने सोचमा पुगेको छ । फिल्मका अधिकांश देश विदेश प्रदर्शनी सकिएको भए पनि तत्काल बाहिर नल्याउने सोचमा यो कम्पनि थियो ।
मंगलबार बाहिरिएको फिल्मको फुटेजको सम्बन्धमा के कसो गर्ने भन्ने बारेमा बिहिबार मध्यान्ह हाइलाइट्स नेपालले निर्माण टिमसँग छलफल डाकेको छ । केहि बेरमा निर्माता माधव वाग्ले तथा निर्देशक निश्चल बस्नेत हाइलाइट्सको कार्यालय पुग्दैछन् । यसअघि हाइलाइट्सले यो फिल्म पाइरेसी विरुद्ध चलचित्र निर्माता संघसँग १० करोड क्षतीपुर्ती समेत दाबी गरेको थियो ।
पछिल्लो पटक चर्चाका धेरै फिल्म रिलिजको समयमा नै समेत पाइरेसी हुने गरेका छन् । अज्ञानता र अबुझ मानशिकताका कारण हुने यो प्रकारको पाइरेसीले निर्माताहरुको करोडौंको सम्पतिमाथी धावा बोल्दै आईरहेको छ ।
Source:filmynepal

No comments:

Post a Comment