Friday, December 29, 2017

डियर जाडो !!

डियर जाडो !!
अब तिमी डियर हुन छाडेकि छौ। तिमि सँग
सम्बन्ध विच्छेद गर्न के के गरिन मैले? चार
हजारको जाकेट किने। पञ्जा, मोजा, टोपि,
गलबन्धि, माक्स, चेस्टगार्ड यी सबैसँग सम्बन्ध
बडाएँ। दैनिक १२ कप चियाको चुस्कि लिन
थाले। राति सुत्ने बेलामा बन्द गर्न झ्याल
ढोका र यिनका छाउराछाउरी भेन्टिलेसन कुनै
बाँकि राखेनँ। थर्मकोट लगाए अनि १०
केजि कपासको सिरकमाथि खासाबाट
ल्याएको ब्लाङकेट पनि खपाएर सुते। अझै
पनि तिमी मलाई किन पछ्याइराखेकि छौ? मैले
बुझ्नै सकिराछैन।
झ्याल ढोकाको कापबाट पसेर,
सिरकको कुनाकुनाबाट किन मिसकल
दिन्छयौ? पैतलाका काप कापमा आएर किन
सुसेल्छ्यौ? सिरानिको आडैमा बसेर किन SMS
गर्छ्यौ? म हैरान भइसके, तिम्रा चिसा SMS
पढ्दा पढ्दा मेरा आँखाबाट तपतप आँसू खस्न
थालेका छन। तिमीले पठाएको लभलेटर खोल्ने
बित्तिकै मलाई झ्याप्प रुगाखोकिले अँगाल्न
थालेको छ। थाहा छ तिमीलाई,
तिम्रो कारणले गर्दा मैले नचाहदा नचाहदै
पनि डाक्टर सँग डेटिङ जानपर्यो।
"तपाँईको छातिभित्र चिसो पसेछ" डाक्टरले
एक्सरे हेरेपछि यसै भने। उनले छाति खराब
भएको देखे, मेरो दिमाख खराब भाएको देखेन्न।
छातिमा पसेपछि र मुटूमा बसेपछि त लभ पर्छ
भन्छन। तिमीले सोच्यौ होला म तिमीलाई
छातिभित्र राखेर प्रेम गर्दै छु।
.
.
.
.
.
.
.
.
वट आई हेट यु.......!

No comments:

Post a Comment