Friday, June 15, 2018

मेरी प्रिय श्रीमती ज्यु !! तिमीले पालना गर्नुपर्ने नियमहरु !!

मेरी प्रिय श्रीमती ज्यु,
FIFA World Cup त तिमीलाई थाहा नै छ । अब त्यस अवधीभर तिमीले पालना गर्नुपर्ने नियमहरु यसप्रकार छन् :-

१) अब १ महिनासम्म टि.भी. को रिमोट म सँग मात्र हुनेछ, Serial हेर्न पाईने छैन ।
२) मैले सपोट गरेको टिमलाई तिमीले नि सपोट गर्नुपर्ने छ ।
३) खेल अवधीभर बोल्न पाइने छैन । बोल्नुपर्ने जरुरी भएमा Half Time कुर्नु पर्नेछ अथवा खेल सकिएपछी मात्र ।
४) खेल हेरिरहेको समयमा टि.भी. र म बिचबाट हिंड्न वा कुनै हर्कत् गर्न पाइने छैन । हिंड्नु पर्ने अवस्था आएको खण्डमा घिस्रिएर जानुपर्नेछ ।
५) १ महिनासम्म म आफ्नो सपोट टिमको एउटै जर्सी मात्र लगाएर बस्नेछु, त्यो जर्सी धुन पाईने छैन, Luck जानसक्छ।
६) म जुन टिमको Fan हुँ, त्यो टिमले गोल खाएको बेला हाँस्न पाइने छैन ।
७) म जुन टिमको Fan हुँ, त्यो टिमले गोल गरेमा वा जितेमा अंकमाल र चुम्मा गरी खुशी साट्नु पर्ने छ ।
८) Repeats र Highlights पनि Live Match जत्तिकै मनोरन्जन् हुन्छन्, त्यसैले त्यो पनि म हेर्छु, तिमिले पनि हेर्नुपर्ने छ ।
९) म साथी भाइ सङग बसेर चिसो तातो  प्यूदै रमाइलो गर्दै गेम हेर्दा घर आउन ढिला भएमा या म घर नै आइन भने पनि रिसाउन, ठुस्किन, झगडा गर्न पाउने छैनौ।
१०) मैले कुनै पनि टिममा बाजि लगाउन पैसाको कारोबार गर्न पाउनेछु bet राखेर हारे पनि केही भन्ने छैनौ।
११) मैले support गरेको Team ले world Cup जित्यो भने तिमिलाई मनपर्ने खाना मनपर्ने restaurant मा लगेर खुवाउने छु।

No comments:

Post a Comment