Friday, July 27, 2018

सरकार कति चाेटी कर तिरौ ??

सरकार कति चाेटी कर तिरौ ??
• मैले ३० दिन काम गरें ( मेराे अाम्दानीकाे श्राेत ) :
• मैले तलब लिएँ - कर तिरें,
• माेबाईल किने -कर तिरें
• रिचार्ज गरें - कर तिरे
• डेटा लिएँ - कर तिरे
• बिजुलिकाे बिल भुक्तान गरें - कर तिरें
• पानी प्रयाेग गरें - कर तिरें
• फाेनकाे शुल्क बुझाएँ - कर तिरें
• घर बनाएँ - कर तिरें
• TV फ्रिज लिएँ - कर तिरें
• बाईक लिएँ - कर तिरें
• पेट्रोल हालें - कर तिरें
• राेडमा चलाएँ - कर तिरें
• लाईसेन्स बनाएँ - कर तिरें
• पार्किङ गरें - कर तिरें
• कपडा किने - कर तिरें
• जुत्ता किने कर तिरें
• गल्ति गरें - कर ( जरिवाना ) तिरें
• राशन किने - कर तिरें
• रेष्टुरेन्टमा खाँए - कर तिरें……… सयौं अन्य सामान लिएँ र कर तिरे , कहिं फिस दिएँ , कहिं बिल र कहिं ब्याज दिएँ , कहिं जरिवानाकाे नाममा त कहिं कमिशन र उपहारकाे नाममा पैसा दिन पर्याे । उक्त सबै नौटङ्कि पश्चात् गल्तिवश केही रकम बच्याे त त्यसमा पनि कर तिरें ।
•पूरा उमेर काम गरेपछि - कुनै सामाजिक सुरक्षा छैन , कुनै पेन्शन छैन , कुनै स्वास्थ सुबिधा छैन , बच्चाहरुकाे लागि शिक्षा सुबिधा छैन ,सार्वजनिक सवारि सेवा सुबिधा छैन , सडक खराव , बिजुलि खराव , हावा खराव , पानी खराव , फलफुल सागसब्जी खराव , हस्पिटल महङ्गो , हरेक साल महङ्गिकाे मार, अाकष्मिक विपद्हरु , हरेक ठाउँमा लामाे लाईन् !
•सारा पैसा कहाँ गयाे .......?
• भ्रष्टाचारमा, चुनावमा र जनप्रतिनिधिहरुकाे तलब र सुबिधामा नेताहरुकाे स्वास्थ उपचार र बैदेशिक भ्रमणमा।
• नेताहरुकाे अालिशान भवन, महगाें गाडिमा, कार्यकर्ताहरुकाे भरण पाेषणमा वा स्विस बैंकमा !
• अाखिर कहिले सम्म यस्ताे दुरावस्था भाेग्नु पर्ने हाे देशवासिले ?
• पहिल्यै तिरिसकेकाे करबाट प्राप्त सिमित तलब बाट काहाँ- काहाँ , कति - कति कर तिर्दै जानू पर्ने हाे ?

No comments:

Post a Comment