Friday, December 21, 2018

आजको दिन यो वर्षकै सबै भन्दा छोटो, रात यो वर्षकै सबै भन्दा लामो !!



आज पुस ६ गते बुधबारको रात यो वर्षकै सबै भन्दा लामो रात हुनेछ । जो लगभग १४ घण्टा ४४ मिनेट र ५४ सेकेन्ड लामो हुनेछ ।

आजको दिन यो वर्षकै सबै भन्दा छोटो भए पनि भोलि देखि दिनहरू क्रमशः बडदै जानेछन् । रात धेरै लामो हुने भएकाले यसलाई विभिन्न ठाउँहरूमा विभिन्न पर्वका रूपमा मनाउने प्रचलन छ।

सुदूरपश्चिममा भने यो पर्व पुस १५ गते मनाइन्छ र जसमा राति एक पटक सुतेर अनि उठेर फेरी मिठो खानेकुराहरू खाने गरिन्छ ।

बस्तुभावलाई समेत राति एक पटक फेरि घाँस हाल्ने चलन छ। आज २१ जुन अर्थात् वर्षकै लामो दिन ।

नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झन्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ ।

ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार ज्योतिष शास्त्रको ग्रह गति अनुसार आज दिन लामो हुन्छ । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईकन आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ वा २२ तारिख मध्य कुनै एक दिन पर्छ ।

चैतको ७ गते र असोजको ७ गते चाहिँ दिन र रात बराबर हुने गर्छ । त्यस दिनलाई क्रमशः वसन्त समाप्त र शरद सम्पादन भन्ने गरिन्छ ।

पुस ७ गते अर्थात् डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने पनि डा. सिटौलाले बताउनुभयो ।

बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि व्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।

No comments:

Post a Comment