Saturday, May 23, 2020

‘माछी मार्न जाउँ न दाजै कालापानीमा’

भारतले यो गित बन्द गराको थियो !

आखिर के भन्न खोजेको छ त यो गीत ले ?
► यो गीत अत्ति नै सान्दर्भिक छ आजको दिनमा । ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’, खासमा कालापानी हाम्रो भूभाग हो तर १९६२ देखी भारतिय सेनाले कब्जा गरेर बसेको छ ।यो गितको शब्दले भारतिय सेनालाई माछिको विम्व प्रयोग गरेर लखेट्न जाउँ भन्दै स्रोतालाई प्रेरित गर्दछ ।

► ‘आ रैछ घाउ १८ को नालापानीमा ‘ , यसले हाम्रा विर पूर्खाहरूले १८ औँ शताब्दीमा लडेर गरेको सुगौली सन्धिको घाउ अझै छ भन्छ नालापानीमा ।

► त्यसै गरी ‘नेपाली खै कुरो बुझेको मनपरि जनसङ्ख्या बढेको ‘ , जनसङ्ख्याको मत्लब हो  बढ्दै गरेको छिमेकको देशबाट Illegally नेपालमा ह्वात्त बढेको जनसङ्ख्या ।यो गितले त १५ वर्ष अघि नै भविष्यवाणी गरेको थियो ।भनिन्छ २००९ साल देखि  करिब ८० लाख भारतियहरूले नेपाली नागरिक्ता पाई सके । तेही भएर त आज खुलेआम देश टुक्र्याउन् कुरा गर्छन् त ।

► ‘थुनिदेउ नचाहिने ढोका स्वदेशी हो कम्मरै कस’ ,यसले हाम्रो खुला सिमीलाई बन्द गरौँ भन्छ ।

► विदेशीको नोकरीको भर छैन , फर्केर आउँदा घर छैन ‘ , यसको मत्लव हो विदेशमा नोकरी गरेर घर फर्कँदा छिमेकीले घर कब्जा गरिसक्छ ‘

► ‘पशुपतिनगर, जङ्गेपिलर ‘ , यी हाम्रो सिमाका क्षत्र हुन् जुन् मिचिँदै छन् दिनदिनै ।

► त्यसैले नेपालीहरू सबै जागौँ । पूर्खाले बनाएको देशलाई हामीले रक्षा गर्नु पर्छ । नेपाल रहे मात्र हामी रहन्छौँ ।
#साभार

No comments:

Post a Comment