Tuesday, June 13, 2017

यसअघिको निर्णय आजैदेखि खारेज, जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा लिनुपर्ने !!

ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ ।
गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् ।
सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको भनि गुनासो आइरहेको बेला गृहमन्त्रीले सम्बन्धित निकायका अधिकारीलाई बोलाएर सो निर्देशन दिएका हुन् । यअसघि सर्वसाधारणलाई जथाभावी बाटो काटे तीन घण्टासम्म नियन्त्रणमा राख्ने या रु दुई सय लिएर छाड्ने कार्य प्रहरीले गत जेठ १६ गतेदेखि गर्दै आएको थियो ।
गृहमन्त्रीको निर्देशनपछि सर्वसाधारणले जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा लिनुपर्नेछ । ट्राफिक प्रहरी प्रमुख लामाले यसअघिको निर्णय आजैदेखि खारेज हुने जानकारी दिए ।


Source:Ratopati


No comments:

Post a Comment