Monday, July 3, 2017

साझा सवाल - ५००अौं अङ्क प्रधानमन्त्री शेरबहादुर देउवासँग- यथार्थ के हो ??


आज बिहान मैले हिजो को साझा सवाल मा देश का प्रधान मन्त्रि तथा कार्यकारी प्रमुख शेर बहादुर देउवा संग को प्रश्नोत्तर कार्यक्रम सुन्ने ( हेर्ने होइन है ) मौका पाएको थिएँ / मैले त उनका उत्तर हरु मा कुनै विसंगति देखिन / तर सामाजिक संजाल भरि उनलाई उल्लि बिल्ली पार्ने गरि उनको हुर्मत लिएको मलाइ ठिक न लागेको हुँदा केहि लेख्ने जमर्को गर्दैछु / यसै लाइ आधार मानि कसैले उनको तर्फ बाट पैरवी गरेको वा कांग्रेस को बचावट गरेको अर्थ मा लिने छैन भन्ने अपेक्षा छ /
पहिलो कुरा त उनि देश का कार्यकारी प्रमुख हुन र उनलाई सार्ब जनिक रुप मा संचार माध्यम को सहयोग ले खुईल्याउने प्रयास कसैले नगरेको भए राम्रो हुन्थ्यो / उनको पार्टी को नीतिगत बिरोध गर्न र उनको कार्यसैली को शभ्यता पुर्बक आलोचना गर्न बाट गणतन्त्र ले सबै लाइ अधिकार सम्पन्न बनाएको छ / त्यहि अधिकार जो सुकै ले प्रयोग गर्दा हुने हो / किनभने कांग्रेस ले लिएको नीति समकालीन राजनीति मा त्यति सफल भएको देखिदैन र अझ देउवा को काम गर्ने सैली त एक रत्ति सन्तोषप्रद देखिदैन / उनले यसमा सुधार गर्नै पर्छ /
दोश्रो बिबिसी द्वारा प्रसारण गरिने सो कार्यक्रम प्रायोजित हो र श्रोता वा प्रश्न कर्ता हरु पनि प्रायोजित हुन भन्ने बुझ्नु पर्ने हुन्छ / सार्बजनिक ठाउँ मा कार्यक्रम आयोजना भएको भए जो कोहि आउन सक्थ्यो र जो सुकै ले प्रश्न सोध्यो होला भन्न सकिन्थ्यो / यो सर्ब साधारण को पहुँच बाहिर को बालुवाटार भित्र भएको हुनाले श्रोता हरु नै छानिएका र प्रश्नकर्ता त झन् पहिल्यै चुनिएका थिए भन्ने अनुमान लगाउन कुनै अप्ठेरो पर्दैन /
तेश्रो प्रायोजक ले कस्ता प्रश्नकर्ता को चयन गरेछन भन्ने मा मेरो ध्यान गयो / उनि अक्सफोर्ड र क्याम्ब्रिज का उत्पादक हरु मात्रै बेलायत मा हाल सम्म प्रधान मन्त्रि भएको र यहाँ पनि सोहि बिश्वबिद्ध्यालय हरु को उत्पादन हरु मध्ये कै कोहि प्रधान मन्त्रि बनोस भन्ने कामना गर्ने मध्ये का परेछन / प्रथमत : बेलायत का सबै प्रधानमन्त्री हरु अक्सफोर्ड वा क्याम्ब्रिज का उत्पादन होइनन / उदाहरण को रुप मा जोन मेजर लाइ लिन सकिन्छ / जब आफै लाइ तथ्य थाहा छैन भने सर्ब जनिक ठाउँ बाट संचार माध्यम को सहारा लिएर देश को कार्यकारी प्रमुख माथि आक्रमण गर्नु को उदेश्य के हुन सक्छ ? अरु बाहिर का श्रोता हरु ले बुझ्नु पर्ने कुरा त्यो हो /
यसै सिलसिला मा अर्को अकाट्य तथ्य के हो भने शेर बहादुर देउवा ले उनको बिद्ध्यार्थी अवस्था को देश मा रहेको एक मात्र विश्व बिद्ध्यालय बाट माष्टर्स डिग्री को उपाधि लिएका छन् र बेलायत कै प्रतिष्ठित London School of Economics ( LSE ) बाट पोष्ट ग्राज्युयेट को डिग्री समेत उनि संग रहेको सत्यता प्रति प्रश्न कर्ता नै अनविज्ञ रहेको स्पष्ट देखिन्छ / प्रश्न कर्ता लाइ अक्सफोर्ड वा क्याम्ब्रिज कै उतपादन चाहिएको भए डा. सी के राउत ( क्याम्ब्रिज बाट पी एच डी ) लाइ प्रधान मन्त्रि स्वीकार्न म सल्लाह दिन्छु /
उनको बोलि स्पष्ट नहुनु मा उनि भन्दा तत्कालिन राजा हरु ले चलाएको तानाशाही ब्याबस्था जिम्मेवार थियो / यसको लागि त नेपाली हरु उनि प्रति अनुग्रहित हुनु पर्ने हो / र उनि प्रति सदैब सहानुभूति प्रकट गर्न कसैले कन्जुस्याई न गर्नु पर्ने थियो / प्रश्न हरु आकस्मिक रुप मा बर्षिएको ले सबैले सन्तुलित उत्तर दिन नसक्नु स्वाभाविक कुरा हो / कहिले काँही त्यस्तो अवस्था मा उत्तर दिने कुर्सि मा बसेको व्यक्ति हतास हुन पनि सक्छ / उत्तर दिने को कला त्यसैमा प्रदर्शन हुने हो / देउवा जी त्यस मा पनि असफल भएको जस्तो लाग्दैनथ्यो र औषत झैं लाग्थे / हो उनले सटिक उत्तर ( मुख बन्द हुने जवाफ ) दिन पनि सक्थे / उनले त्यो गरेनन / जस्तै : ४ पटक प्रधानमन्त्री भएको कुरा मा प्रश्न कर्ता लाइ नै तपाई पनि जनता बाट अनुमोदित भएर आए प्रधानमन्त्री हुन सक्नुहुन्छ पनि त भन्न सक्थे /
अन्त मा बेकार शेर बहादुर देउवा को तर्फ बाट लेख्नु पर्दा आफै लाइ दिक्दार लागेको छ मलाइ / तर यो स्थिती मा पुर्याउन नेपालि समाज जिम्मेवार छ भन्ने मेरो ठम्याई छ / नेपाली समाज ले नकारात्मकता को मनोवृत्ति बोकुन्जेल यसो भैरहन्छ / सामाजिक संजाल त एउटा माध्यम मात्र बनेको हो 

बासु मिश्र को फेसबुक बाट साभार 

No comments:

Post a Comment