Thursday, July 6, 2017

हातखुट्टा भाँचिदिने एमाले नेतृ झाँक्रीले धम्की, काँग्रेसका प्रतिनिधिमाथि खुकुरी प्रहार भएपछि एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा !!

निर्वाचन अघि गुल्मीमा भएको खुकुरी प्रहारको विषयमा स्थानीय शिक्षक बम बहादुर कुँवरलाई एमाले नेतृ रामकुमारी झाँक्रीले हातखुट्टा भाँचिदिने धम्की यतिबेला सामाजिक सञ्जालमा भाईरल बनेको छ ।
एमाले नेतृ रामकुमारी झाँक्री बौद्धिक युवा नेतृका रुपमा चिनिन्छन् । तर, स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला आफ्नै गाउँका एक कांग्रेस कार्यकर्तालाई धम्क्याएको अडियो सुन्दा उनको अर्को राजनीतिक धरातलमाथि नै प्रश्न उठ्न थालेको छ ।
एउटा चर्चीत राजनितिज्ञले धम्की दिँदा प्रयोग गरिएको शब्दहरु ‘मासमा’ सुन्नै नसकिने गरि प्रयोग गरिएका छन् । शिक्षणजस्तो गरिमामय पेसामा लागेको व्यक्तिलार्इ उनले धम्की मात्र होइन् अती तुच्छ शब्द समेत प्रयोग गरेकी छिन् ।
सामाजिक सञ्जालमा लेखिएका कुनैपनि विषयमा आफ्नो चरित्र हत्या भएको लागेमा प्रहरीलाई खबर गर्न सकिने अवस्था हुँदाहुँदै दादागिरि शैलीमा खुट्टा भाँच्ने जस्ता तल्लो स्तरका कुरा गरेर उनी आफैंले आफ्नो स्तर घटाएको आरोप उनीमाथि लाग्न थालेको छ ।
उनले टेलीफोन गरेको २ मिनेट ४८ सेकेण्ड लामो अडियोमासमेत सार्वजनिक भएको छ ।
कुवँरले फेसबुकमा इभरेस्ट खबर अनलार्इनमा कांग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार भएपछि एमाले नेतृ झाँक्री प्रहरी सुरक्षामा भन्ने समाचार शेयर गर्दै ‘सबैका आँखा फुटेका र आफुले संसार राम्रो देख्ने राष्ट्रबादी पार्टीका राष्ट्रिय नेताले आफ्नो औकात देखाउनु भयो । सलाम छ तपाइँलाई ।’ भन्ने स्टाटस लेखेका थिए ।

उनी गुल्मीको कन्के देउराली आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । कुवँर लगायतका घाइतेका आफन्तहरु प्रहरी कार्यालयमा उजुरी दिन गएपछि उनलार्इ झाँक्रीले फोन गर्दै यस्तो धम्की दिएकी हुन् । उनीहरुको उजुरीको आजसम्म कुनै सुनुवाइ नभएको शिक्षक कुवँरले नेपाल तारालार्इ बताए ।
गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा असार १४ गते बेलुका नेपाली काँग्रेसका प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएपछि प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment