Sunday, August 20, 2017

आँसुले निखारिएको उनको वयष्कता झनै सुन्दर !!

चिन्ताले मानिसको सबै उर्जालाई चुस्छ । यसले तिमीलाई वोघो बनाई दिन्छ । अहिले तिम्रो उमेर नै कति भएको छ र भविष्य तिमीले सोचे बमोजिमनै हुन्छ भन्ने छ्रैन । मैले तिमीलाई दिन सक्ने साथ र ढाडस त छदैछ । त्यो भिन्न प्रकारको हुनेछ । यती भनेर मैले उनको मुहारमा पुलुक्क हेरे । उनले डिलभरीको आँसु सहित विश्मयवोधक हेराई हेरीन् । उनी पनि जान्छिन भन्ने सुनेको त थिएँ । यसरी एउटै यात्रामा हमसफर हुन्छौँ भन्ने लागेका थिएन । सेता वस्त्रमा सजिएकी उनी फक्रदै गरेको गुलाफझै छन् । आँसुले निखारिएको उनको वयष्कता झनै सुन्दर देखिन्छ ।




तिमी मुसुक्क हाँस र त्यस कुरालाई त्यँही विर्षेर अघी बढ । त्यस घटनालाई सम्झीएर चिन्तीत नहुने हो भने तिम्रो र मेरो एउटा अवस्था स्विकार्न सकिने छ । मेरा यि भनाईलाई उनको मुख बङ्गयाई र कर्के नजरले प्रहार ग¥यो ।आफ्नो जीवन प्रतिको जिम्मेवारी उनी आफैले लिन सकिनन् । खै के ले बहकायो उनीलाई । उनीले अरुलाई दोषारोपण गर्ने ठाउँ पाएकी छन् । उनी आफुले रोजेको बाटोमा दृढ हुन सकिनन् । आफ्नो चाहनाको गोरेटो जतिनै कष्टकर भएपनि छुट्टै मजा हुने रहेछ । बैसले डामाडोल भएको उनको मन गल्तीबोध ले तनावमा देखिन्छ । वासनाको डुवुल्कीमा आफ्नो मनको मतभेद को सही निकास पहिल्याउन नसकिने रहेछ ।

उनी बहकिए झै बौल्न थालिन । अहो बहुतै मर्मस्पर्सी भावहरु । म सबैलाई समान रुपले सम्मान गर्छु । हजुर पनि मेरो जिवनको एक अंश हो । हजुरमा पनि त्यही स्पन्दीत छ जुन म भित्र छ । मेरो सम्मान पाउन हजुरले विशेष केही गर्नुपर्दैन । अरुबाट सम्मान पाउने अपेक्षाले हजुरलाई कमजोर बनाउँछ । बस म आफ्नो आत्माको सम्मान गर्छु मेरो सम्मान कसैले खोस्न सक्दैन । यती भनेर उनी एकटकले हेरीरहिन । म मुस्कुराई रहे । प्रकृतिको नियमको निरन्तरता छोडी हिड्ने वैराग्यले उनमा प्रवेश पाएको छ । म उनीलाई यही संसारमा राख्न चाहन्छु । यो यात्रामा म उनीमा जिवनरस भर्न चाहन्छु । अब म प्रस्तुत हुनु नै छ उनकै भाखामा ।



काली तिमी त सुखःदुख सबै मनको स्मृतीमा छौ । प्रत्येक घटनाको तिमीसँग तथ्य सहितको स्मरण छ । मेरो त जन्म दिन पनि न बा लाई थाहा छ न आमालाई । ठुलीफुपुले विद्यालयमा जुलुसमा हिडेको म घर फर्कदा तँ जन्मेको थिइस भन्नु भाको थियो । फुपुले झ्यालबाट चिहाउँदा म आमाको काखमा च्याहाँर च्याँहार गर्दै थिए । बस यति हो मेरो जन्म कुण्डली । न त बा को कुनै पुरानो पात्रोमा मेरो भविष्यको लेखोटनै छ न त कुनै ज्योतीषीले मेरो चिना कोर्ने कुनै आधारनै पाए । काली तिमी काली भएर मैले काली भनेको होइन । तिमी साँच्ची नै अति सुन्दर र मनमोहक छौँ । मायाले म काली नै भन्दछु । म त्यही शब्दमा आत्मीयता र सुन्दरता पाउँदछु ।

म साइत हेर्ने र जुराउनेमा कहीले विश्वास मान्दीन । म विनासाइतको मान्छे । यसलोकमा आउँदा पनि कसैले घडीपलमा ध्यान दिएन । मैले जिवनमा कुनै काम गर्दा पनि कहीले साइत जुराइन दिन वाटीन दुःख त मनमा नहुने कहाँ हो र काली । हाम्रो त तोरीबारी पनि थिएन । कौलमा पेलेको तेल मेरा दौतरीहरुलाई आमाले तालुमा ठोक्दै सर्दी जान्छ भन्दा मेरो हातगोडा फुस्रै हुन्थे । तिग्रामा सिन्काले कोर्दा खरिपाटी झै सेता धर्षा निस्कन्थे । त्यसैमा पनि मैले क ख ग लेख्ने अभ्यास नगरेको होइन । तिमी श्रृजनशिल हुँदै थियौ । समयलाई एउटा नयाँ सुरुवात दिँदै थियौ । गालाको धुलो पुछेर लिविष्टीक र पाउडर दली हेरत साइला म कस्ती भए भनी छेउमा आउँथ्यौ । तिमी टाँसीदा मलाई त्यसले सजिवता र ताजापन दिन्थ्यो । पाउडर हो या तिम्रो शरिरको वास्ना म मदहोस हुन्थ्ये ।

आज म विरक्तिएर होइन जिवन भोगाइको अभ्यासले नै उदासिन भएको छु । मेरो जिवन भन्दा धेरै पर जाने सोच बनाउँदा तिमिले सुइको दिइनौ । वैराग्य भनेको जिवन प्रतिको उदाशिनता होइन रहेछ । यो त आफ्नो वास्तविकतालाई खुला दृष्टिकोणले हेर्नु हो । प्रेममय जिवनको म मा रस नभएको पनि होइन । म रसहीन भएको पनि छुइन । बरु तिमी छोटै समयमा ती सबै चिजबाट अघाई सकेउ । पानि नहुँदा पनि तिर्खाएको छुइन । खोइ त्यो तिम्रो भुल भनु या दुर्भाग्य तिमिले सबै कुरा पायौ तर तृप्त केहीमा हुन पाएनौँ । त्यसको असन्तुष्टी र कुण्ठालाई तिमी फुकाउने प्रयास गर । तिमी वैभवपूर्ण मस्तीबाट नभाग, नडराउ । यसकोे अर्थ हुन्छ तिमीमा वैराग्यको अझपूर्णता आएको छैन । काली अथाहा मस्ती र राग भित्र हामी हाम्रो वैराग्य खोजौँ । मैले भनेको स्वरुपमा तिमी अपनाउन सक्छौ, सक्दैनौ । तिमी आफु र म मा एउटा पर्खाल निर्माण नगर । तिमी स्वंयलाई सम्पूर्णता भन्दा फरक मानिरहेको छौ । प्रभु प्रेमको नाममा फैलिएको तिम्रो प्रेम सागरमा छल्कीने छालहरुमा मेरो प्रतिविम्व महशुस गर । हरेक नारीको व्यक्तित्व यति अगाध हुन्छ कि त्यसलाई बाहीरबाट जान्न सकिदो रहेनछ ।

तिम्रो बारेमा मैले पाएको ज्ञान मेरो व्यक्तिगत धारणा मात्र रहेछ । हामी हरेकदिन अव पूर्णता तर्फ अघी बढौँ । तिमी अपूर्ण छैनउ । तिम्रो यात्रा पूर्णता बाट पूर्णता तर्फ नै होस । वार्षिक परीक्षा सकेपछि तिमी विच्छौनामा किताब फ्यालेर डङरङ्ग पल्टीन्थ्येउ । तिमीलाई लाग्दथ्यो अब यो वर्षलाई भारी बिसाइयो । तिमी उल्लासमय, फुरुङ्ग, हुन्थ्यौँ । वास्तवमा त्यो त मुक्ती पो रहेछ वार्षिक कर्मबाट । त्यो क्षण कति आनन्दमय थियो । ढेस्सीएर तिमीसँगै पल्टदाको त्यो क्षण जस्तै शान्ती र मस्ती अव पनि हामी पाउन सक्दछौँ । जब सम्बन्धमा आफ्नो मात्र होइन अरुको पनि हित वा अहितको विचार गरिन्छ त्यो प्रेम हो । मोहमा आँफुलाई प्रवल मानिन्छ भने प्रेममा अरुलाई ग्राहयता दिइन्छ । प्रेम माथि शंका नगर । प्रेम मोह नवनोस त्यसैको लागि तिमी ध्यान गर ।

आज म तिमीलाई अप्राकृतिक वैराग्यबाट मुक्त हुन आकर्षित गरिरहेको छु । पुनः एकपटक बालपनमा फर्क । जे मस्ती पाइन्छ वालपनमा नै पाइन्छ । धेरै बुझ्नु छैन, ज्ञानको भारी छैन । लोभ र इष्र्या कतै पाइदैन । तिमीले. मलाई रिबनको फुर्का फूस्काई दिदा कति बेस्सरी कुटेउ पनि । अनि आफै रोएर लाडीदै मलाई अङ्गालोमा कसेउ । त्यही तिमी म प्राप्त गर्न चाहन्छु काली । त्यही स्वरुपमा म तिमीलाई स्वीकार गर्न चाहन्छु । म तिमी चाहन्छु । मिती म हौ, म तिमी हुन्छु । बस हामी एक हौँ । काली यसरी नै हामी एक हौ । यहाँ केही नपसोस, कोही नचिहाओस । हामी मात्र फगल हामी मात्र । आउ हिँड यो यात्रालाई छाडेर अब गन्तव्य बदलौँ ।

No comments:

Post a Comment