Friday, August 11, 2017

डा गोबिन्द केसी लाइ माग्नेबुड़ा ले के भने एस्तो ??

भूबन केसी अहिले सम्म अनसन बसेको सुनेको छैन , 
किरण केसी पनि छैन , 
सुस्मिता केसी पनि छैन, 
यी गोबिन्द केसी चैं किन जान्ने भएर अनसन बस्या ? 
डाक्टर भएसी खुरुखुरु बिरामी जाँच्नु , 
महंगा महंगा औसधि सिफारिस गर्नु , 
त्यसबाट आउने कमिशन खल्तीमा हाल्नु , 
सरकारी अस्पतालमा काम गर्नु अनि बिरामी लाइ आफ्नै क्लिनिक तिर डाक्नु , 
त्यताबाट कमाउनु , 
कमाउनु पनि छैन खानु पनि छैन, 
भोकै बस्या छ, कसरि हुन्छ ? 
अरुको छोरा छोरीले ३५ लाखमा डाक्टर पढून कि ७० लाखमा पढून के मतलब ? 
गरिबले किन पढ्नु पर्यो ? ि माग्नेका सन्तानले | 
त्यत्रा म्यानपावर छन् तिनले चैं काम पाउनु परेन ? अरबियन देशमा नेपालीको कति धेरै माग छ , 
हेर है गोबिन्द केसी
 म्यानपावरको काम ठप्प पार्ने काम चैं नगर नि भन्द्या छु | 
गरिबका छोरा छोरी पनि डाक्टर हुन थाले भने ट्रयाक्टर कल्ले चलाउने ? 
मिनिबस कल्ले चलाउने ? 
खलासी को बस्नी ? 
तिमि बस्छौ ? | 
मेडिकल कलेजबाट कति मालामाल भैराकाछन् भोलि तिनका गोजीमा कल्ले पैसो हाल्दिन्छ ? 
तिमीले हाल्दिन्छौ ? 
हेर गोबिन्द मैले भन्या मान , 
यो देश लुट्ने खाने देश हो, 
त्यसैले आफुपनि लुट्न तिर लाग | 
तिम्रा पनि परिवार होलान ,
 तिनको पालन पोषण तिर लाग , 
जगतको भलो तिर लागेर आफ्नो स्वाथ्य नबिगार |

No comments:

Post a Comment