Thursday, August 3, 2017

यो फोटोले फेरिदियो लाखौंको सोचाइ, अब तपाइँको पालो !!


 भन्नको लागि त यो मात्र एउटा फोटो हो । तर, यो फोटोले अहिलेसम्म लाखौंको सोचाइमा परिवर्तन ल्याइसकेको छ । यो फोटोले तपाइँको सोचाइमा पनि ठूलो परिवर्तन ल्याउन सक्छ । यसको लागि तपाइले यो फोटोमा लुकेको रहस्य बुझ्नुपर्छ । पहिलो विश्वयुद्धका बेला १९१५ मा यी दुई गोली टर्कीको गुल्लीपाली पार्कमा भेटिएका हुन् । यी दुई गोलीलाई यस्तै अवस्थामा बालबालिकाहरुले खेल्दै गर्दा भेट्टाएका थिए । बन्दुकबाट निस्किएपछि एक अर्कालाई छेडेका यी दुई गोली अहिले यही अवस्थामा टर्कीको संग्रहालयमा राखिएका छन् । आज पनि हजारौं मान्छे यी गोलीको सुन्दरता र यहाँ भएको सन्देश हेरेर आफ्नो सोचाइ परिवर्तन गर्ने गरेका छन् । 
यस्तो छ यसको सन्देशः 
१. बन्दुकबाट निस्किएको गोली र मुखबाट निस्किएको बोली कहिल्यै फर्कदैन । जसरी बन्दुकबाट निस्किएको गोलीलाई यो थाहा हुँदैन कि उसले कसको हत्या गर्दैछ । यसैगरी मुखबाट निस्किएको बोलीले पनि जान्दैन उसले कहाँ कुन नाताको हत्या गर्दैछ । बोलीकै कारण कैयौं सम्बन्ध बिग्रिइरहेका हुन्छन् । 
२. जसले अरुको लागि खाल्डो खन्छ ऊ आफैं खाल्डोमा पर्छ । यी दुई गोली पनि कसैलाई मार्नको लागि चलाइएका थिए तर यी दुवै गोलीले कसैलाई मार्न सकेनन् बरु आफैं मरे । 
३. विनाशको लागि बनाइएको कुनै पनि चीजले कसैको भलो गर्दैनन् । यिनीहरुले अरुको त के आफ्नो पनि भलो गर्न सक्दैनन् । त्यसैले त गोलीले गोलीको पनि भलो गर्न सकेन। गोलीले गोलीलाई नै मा¥यो । 
banner
from DC Nepal

No comments:

Post a Comment