मध्यरात सम्म
मध्यरात सम्म पनि हामि कहिले फोनमा त कहिले च्याटमा कुरा गरि रहेका हुन्थ्यौं। निकै लामो समयको कुराकानी पछि उनी भन्थिन। "अब त सुत्ने हैन ? आधारात भै सक्यो त।"
म उत्तर दिन्थे "तिमी संग छुट्न नै मन लाग्दैन अनि के गर्नु त ?"
उनी मायालु स्वरमा आश्वासन दिदै भन्थिन। "सपनामा आउछु नि त है म ?? छेउ पटि अलिकती ठाउँ छोडेर सुत्नु है ??"
म हर्सित स्वरमा भन्थें "छेउमा हैन, तिम्रो लागि त मेरो छाती छदैं छ नि मुटु।"
उनी हांस्दै भन्थिन। "कुरा पनि कति जान्या मेरो कालेले ? हवस, म सपनामा आएर हजुरको छातिमा सुत्छु है ?? अहिले चाहिँ अब निदाउनु ल ??"
म घुर्क्याउदै भन्थें। "पहिले माया गर अनि मात्र सुत्छु।"
उता बाट आवाज आउथ्यो "काले उम्मा.... अब सुत्नुस है ? म नि सुत्छु।"
यति कुराकानी पछि हामी बल्ल निदाउने गर्थ्यौ सधै जसो। सांच्चिकै सपनामा पनि म उनैलाइ देख्थें सधैं । उनी संग भेट भएको, हात समाइ हिंडेको, मायालु कुरा गरेको अनि यस्तै यस्तै। अर्को दिन बिहानै उनि संग सपनाका कुरा सुनाउथें। उनी खुशी हुँदै भन्थिन " देख्नु भयो त ? मैले आउछु भनेको थियो नि सपनामा.....। "
आज धेरै समय बिति सकेको छ अनि बद्लिएको पनि। हामी बिचको सम्बन्धको डोरि छिनी सकेको छ तर पनि उनले अझै मेरो सपनमा आउन भने बन्द गरेकी छैनन। फरक यति हो " पहिले आउथिन अनि झनै गहिरो र मिठो निंद दिन्थिन, अहिले आउछिन अनि ब्युझाउदै रुवाएर जान्छिन......
मनको पिडा यस्तो दर्दानाक घाउ हो ,जब यो बेलामा कसैकाे साथ मिल्छ नि, सम्झनु संसारकाे सबै भन्दा ठुलो हस्पिटल उ नै हो ।
आँखाबाट तिम्रो तस्बिर हटाउ कसरि
झनै बड्छ तिम्रो माया घटाउ कसरि,
मैले भन्दा खोज्दा तिम्ले सुन्ने नचाहेसी
मनका सारा कुराहरु बताउ कसरि !
थाकेर म,गलेको हेर्नेभए,
सधैलाई म ,ढलेको हेर्नेभए..!
मलामी बनि आए प्रिया,
चितामा म,जलेको हेर्नेभए...!!
कोर्नु सलाई सल्काउनु मलाई.
दनदनि म,बलेको हेर्नेभए...!!!

No comments:
Post a Comment