Monday, September 4, 2017

साझा कुर्दै हुनुहुन्छ ?? हेर्नुहोस, कहाँ आइपुग्यो ??

साझा यातायातले आजबाट ‘मेरो साझा’ मोबाइल एपको सुरुवात गरेको छ। यो एपको सहायताले साझाको कुन बस कहाँ गुडिरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ।
सर्वसाधरणले बस कुर्दा धेरै सास्ती खेप्नु नपरोस भन्ने उद्देश्यले यो एपको सुरुवात गरिएको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। ‘यो एपले यात्रुलाई त सहजता हुन्छ नै यो बाहेक हामीलाई गाडी ट्रयाकिङ गर्न समेत सजिलो हुन्छ’ पाण्डेले सेतोपाटीसँग भने।
यो एपले गाडी नम्बर सहित गाडी कहाँ पुग्यो त्यसको लोकेसन देखाउँछ। यो एप गुगल प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने पाण्डेले जानकारी दिए। एपको प्रयोग गर्नेले आफ्नो नजिकको स्टेशनमा बस कतिखेर आउँछ भनेर अनुमान गर्न सजिलो हुने र त्यतिबेला नै स्टेशनमा गई समयको बचत गर्न सक्नेछन्।

No comments:

Post a Comment