Monday, September 25, 2017

घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो !!

खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।

दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो । 

रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दसै आएझै लाग्थो । 

दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थो । 

पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो । 

बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो । अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो । 

मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो । 

घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो !!

दसैँ लाइ भनेर पालेर राखेको घास बारीमा धड्डि हुन्थ्यो र पो दसै आएझै लाग्थो !!

चंगा किन्न नपाएर पोलेथिन प्लास्टिक को चंगा बनाएर गाउ भरि उडाइन्थो र पो दसै आएझै लाग्थो !!
text from online

No comments:

Post a Comment