Monday, January 1, 2018

कुमार जी आज्ञा गर्नु हुन्छ !!

कुमार जी आज्ञा गर्नु हुन्छ !!
हे अगस्त्य मुनि पुजा पाठ गर्ने, ब्रत बस्ने बिधि त सुनाउनु भयो ,
अब मलाइ    पुजा सकेर प्रसाद बाड्ने बिधि सुन्ने  इच्छा छ  !!
उंहा भन्नु हुन्छ,
विभिन्न चरण मा पुजा पाठ गरिसकेपछि प्रसाद बाड्दा,
चोखो मन ले चिताएको मान्छे लाइ सर्बपर्थम दिनु होला,
पहिले छोरा छोरी लाइ,
छोरा छोरी पनि  भएन भने श्रीमती लाइ,
श्रीमती पनि भएन भने भतिजा भतिजी  लाइ,
भतिजा भतिजी पनि भएन भने, मित छोरा, मितिनी छोरी लाइ,
मित छोरा मित छोरी नि भएन भने गर्ल फ्रेन्ड, ब्वाई फ्रेन्ड लाइ,
त्यो पनि भएन भने साला, जेठान लाइ,
साला जेठान नि छैनन् भने भान्जा भान्जी लाइ,
भान्जा भान्जी पनि छैनन् भने साली लाइ,
साली पनि छैनन् भने आफ्नु नजिक को खलक लाइ
र त्यो पनि छैन भने जसले धेरै भेटि चढाउछ उसैलाई प्रसाद दिनु।

येति सुनी सकेपछि  कुमार जी ले संका मान्दै भन्नु भयो,
 हे अगस्तयमुनि यो त नेपाल देस को समानुपातिक सिट बाँड फांड प्रक्रिया भन्दा फरक छैन,
तिमीले ठ्याक्कै भन्येउ एसको बेलिबिस्तार दोस्रो अध्याय मा गर्नेछु  भन्दै आफ्नो बहान चढेर भारत जाँदा भय !!

इति सेरे,  केपी, प्रचंडे
नेपाल खंडे
केपी महात्म्य
प्रसाद ग्रहण म् संवाद
श्री स्वस्थानी ब्रत कथायेम, प्रथामो  अध्याय !!
Just for fun, don't take seriously!!

No comments:

Post a Comment