Tuesday, January 9, 2018

कुमार जि आज्ञा गर्नु हुन्छ !!

कुमार जि आज्ञा गर्नु हुन्छ
हे अगस्त्यमुनी
मार्क दाजैले ४ फेब्रवेरी २००४ मा यो फेसबुक
ब्रमाण्ड उत्पती गरी
विश्वका ३३ कोटी बेकारी युवा र
युवतीलाई
अझै
बेकारी बनाइ ठुलो
गुण लगाउनु भएको छ ! उहाको तारिफ
हजार
जिब्रा भएका सेषनागले
पनि गर्न सक्दैनन भने म कसरी गर्न सक्छु
उहालाई
कोटी कोटी प्रणाम!!!
2004 बाट 2022
 सम्मको यात्रामा के के
भयो वृतान्त सुन्न चाहन्छु भन्दा
कुमार जि आज्ञा गर्नु हुन्छ !
लौ एकाग्रह एक चित्त भएर हातमा माउस
समाइ
होमपेजमा आँखा दौडाएर
तरुनिका फुटामा लाइक
ठोक्दै घुमी घुमी कमेन्ट गरेर सुन!!
जब यो फेसबुक ब्रमाण्ड सृजना भयो!
सुचना आदान
प्रदान गर्ने उदेश्य बोकेर खोलिएको भए
पनि अहिले
आएर कसैलाई आफ्नो अनुहार देखाउने कसैलाई
म के
गर्दै छु ट्वाईलेटमा पसेर आई एम इन ट्वाईलेट ,
इटिङ राइस जस्ता लेखेर पोस्ट गर्ने
अनी खास
गरी अचेल नेपालीको लागि गजलकार
जन्माउने
मेसिनको रुपमा प्रयोग हुँदै आएको छ भने
तिनै
बेकारी युवाहरु द्वार पेज बनाइ
फलाना को सेक्स
भिडियो हेर्न यहाँ किलिक गर्नु
होला भन्दै
झुटो कुरा लेखेर सेतै फुलेका बुढाहरुलाई
अल्मलाउदै
नेपाली मोड्लको तस्बिर राखी म
कस्ती छु
भनी पोस्ट गरेर दिन
भरी पेजमा आएका लाइक र
कमेन्ट गन्दै मुस्कुराउदै बस्ने गरेका छन भने
लाइक र कमेन्टको प्रभाबमा धेरै लाइक र
कमेन्ट
बटुल्नको लागि महिलाको तस्बिर
राखी महिलाको नामबाट
हिजडा पुरुषहरुले
दुनियाँलाई
झुक्याउदै आएका छन ! जे लेखे
नि अर्काको वाललाई
सार्बजानीक सौचालय सम्झिएर ट्याग
गरीदिने
सम्स्याले मार्क दाजैले प्राइभेसी सेटिङ
मा आमपरिवर्तन गरी अरुले ट्याग
गरेको नाङो तस्बिर साथी हरुले नदेखुन
बेइजत नहोस्
भनेर धेरै परिवर्तन ल्याएको छन ! जब सम्म
जन्मदर्ताको प्रमाण पत्र सहित एम आर
पि पासपोर्टमा लाग्ने
जस्तो असली अनुहार र
असली उमेर
खुल्ने गरीको फोटो राख्ने सिस्टमा आउँदैन
तब सम्म
७५ बर्ष पार गरेको शिवकुमार
बर्मा जस्ता रामप्यारीहरुले
आफ्नो छोरीको फोटा राखेर
लभको चक्कर चलाएर
बस्ने छन !
यो कुराको खबै तिनै लोकमा बताई दिनु
भनी अन्तरध्यान हुनुभयो !!
इतीस्कन्दे पुराणे केदारखण्डे महात्मागस्ते
फेसबुक
सम्बादे
बिक्रितीवादे
श्रीश्वस्थानी बर्थकथा एक
दस
अध्याय स्वाह

No comments:

Post a Comment