Saturday, March 24, 2018

जबसम्म जात, जाती, सम्प्रदाय भन्दा माथी उठेर नेतृत्वले सोच्न सक्दैन तबसम्म राष्ट्र समृद्दी तर्फ उन्मुख हुदैन !

गाई काट्ने प्रस्ताब् पारित भएको दिन नेपालमा साम्प्रदायिक युद्दको शुरूवात हुने निस्चित !

तल्लो स्तरको सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुनेर पठाउनु नै हाम्रो गल्ती हो !

जबसम्म जात, जाती, सम्प्रदाय भन्दा माथी उठेर नेतृत्वले सोच्न सक्दैन तबसम्म राष्ट्र समृद्दी तर्फ उन्मुख हुदैन !

नम्वर ३ को उपसभामुख राधिका तामाग़ँ को पछिल्लो अभिव्यक्ती बाटै पुष्टि हुन्छ यिनिहरुको सोच कुन हदसम्म तल छ भन्ने ! गाईलाई यो देशको सम्विधानले राष्ट्रिय जनावर भनेर घोषित गरेको छ ।

गाईको महात्म्यको विषयमा आज विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा समेत गाईलाई राष्ट्रिय जनावर राखेको देशमा जन्मिएकोमा गर्व गर्नुपर्नेमा गाई काटेर खानपाउनु पर्दछ भनेर वकालत गर्नु नै यिनिहरूको अल्पबुद्दीको परिचय हो ! विश्वको कुन चाही देशमा राष्ट्रिय जनावरलाई खुल्ले आम काट्ने अनुमती दिएको छ? खाने पिउने बाहेकको फरक सोच नभएका अल्पबुद्दीहरु सम्सदमा पुगेर पनि खाने पिउने भन्दा फरक कुरा सोच्न सकिरहेका छैनन् ! गाईको विषयमा यस्तो प्रस्ताब ल्याउनेलाई पकडेर कारबाही गर्न सक्ने हिम्मत ओली सरकारले राख्न सक्नु पर्दछ । हैन सक्दैन भने हात उठाओस् कहा कसलाई के गर्नुपर्दछ त्यो गर्न सक्ने क्षमता हामी सग नि छ ! यी हात ताली बजाउन र भात खान मात्र दिएका हैनन् हामीलाई ! आफ्नो माटो, आफ्नो स्वाभिमान, आफ्नो राष्ट्र र आफ्नो राष्ट्रियताको रक्षा गर्न हामीले मज्जैले जानेको छ ! यति मात्र नभएर यिनलाई जनताले चुनेर पठाएको राष्ट्र विकासको रेखा खिच्नलाई हो कि वाईहात कुरा गरेर साम्प्रदायिकतालाई भड्काउन लाई हो? गाईलाई काट्नु पर्दछ भन्ने १०% होलान् तर गाईको रक्षा गर्नु पर्दछ भन्ने ९०% छन् ! सेन्टिमेन्टमा बगेर सरकारले भोट बैङ्कको लागि यदि कुखुरा काटे झै गरेर गाईलाई चोक चोकमा काट्ने अनुमती दिईनै हाल्यो भनेपनि त्यसले समाजमा कति भयावह परिस्थिती निम्त्याउन सक्छ यसको विषयमा कसैले सोचेको छ कि छैन? १० भोटको लागि ९० भोट को अपमान गर अनि हेर कसलाई कहा पुर्याउनु पर्दछ त्यसको निष्कर्ष जनता आफैले निकाल्नेछन !




#share

Source:Social Media

No comments:

Post a Comment