Saturday, April 21, 2018

२००७ सालमा राजा त्रिभुवन भारतको शरणमा जाँदाको दुर्लभ भिडियो !!

राणाहरुले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएर राजालाई नाम मात्रको बनाएका थिए।राणाहरुको अत्याचारको सिमा नाघेपछि राजा त्रिभुवन सपरिवार आफ्नो राजगद्दी छाडेर नेपालस्थित भारतीय दूतावास शीतलनिवासमा २००७ साल कात्तिक २१ गते शरण लिन गएपछि नेपालमा जहानिया राणा शासन हटाइ प्रजातन्त्र प्राप्त गर्ने अभियान सुरु भएको हो।
त्रिभुबन परिवारसहित भागेर काठमाडौँको भारतीय दूतावासमा शरण लिन पुगेका थिए। त्यहाँबाट भारतकै पहलमा उनलाई विमानबाट दिल्ली पुर्‍याइएको थियो। नेपालका राजा झण्डै साढे तीन महिना भारतमा शरणार्थीका रुपमा बस्नु परेको थियो।
राजा त्रिभुवन भारतमा शरण लिन पुगेको दुर्लभ भिडियो  राखिएको छ। जसमा राजा त्रिभुवनलाई अधिकारविहीन र नाम मात्रको राजा भएको बताइएको छ। भिडियोमा त्यतिबेलाको नेपाललाई अनौठो र मध्ययुगीन देश भनिएको छ।


No comments:

Post a Comment