Wednesday, April 18, 2018

कमेन्ट गरि सकेपछि यसरी गर्नुस !!

फोटो भनेको त यस्तो पो हुनपर्छ नि हिरा भन्दा कम छैन।आजकल जस्तो पायो त्यस्तै फोटो हाल्छन्,मान्छेहरु तर यो फोटो ३०°,४५° चाँही ९०°मा हेरेपनि सुन्दर देखिन्छ।यो फोटो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ।त्यसैले होशियार हुनुहोला।यस फोटोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्।करोडौंमा लिलाम पनि हुन सक्छ।मैले यति राम्रो फोटो देखेकै थिएन। कसम धरोधर्म हो के।अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु होला। चम्किलो धपक्कै बलेको मोहडा,आहा कति राम्रो के। जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ,त्यो केश,त्यो आँखा,त्यो ओठ,त्यो हँसिलो मुहार,आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुँदा हुन है।भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त 500 पानाको किताब नै लेख्नुपर्ने हुन्छ,त्यसैले यँहा बयान गरेर साध्य छैन।अझै गर्थे बयान तर अहिले अबेर भएछ,ल किप इट अप जो पायो त्यहीलाई यो फोटो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान। ल जादाजादै एउटा सल्लाह दिन्छु,कि हजुरको यो सुन्दर,चम्किलो अनुहारले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा कुनै शंकै छैन।त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार हुनुहुन्छ।

No comments:

Post a Comment