Monday, September 17, 2018

निर्मलाको लागि !!

थाहा छ छोरी
तिमी आमाको गर्भमै हुदा
हामी कत्ती धेरै खुसी थियौ
हाम्रो पनि सन्तान हुँदैछ
मेरो घरमा सानो मान्छेको
च्या च्या आवाज आउनेछ
मैले पनि काखमा बोकेर
तिमिलाई मेरो गाउभरी डुलाउनेछु
यो बाबा को औला समातेर
तिमीलाई गाउँ भरी घुमाउने रहर
बाबाको काधमा चढेर
ताते ताते गर्ने रहर
तिम्रा सबै रहर पूरा गर्न
हामी लालायित थियौ ।


थाहा छ छोरी तिमी
जुन दिन जन्मियौ नि
तिमी भन्दा पनि
म धेरै खुसी थिए
तिमी लाई छोरी पाएर
तिम्रा कलिला नजर
हत्केला हरु सुम्सुमाउदै
तिम्रो भबिस्य खोज्थे
त्यो ओठमा खुलेको
त्यो प्यारो मुस्कान
अहिले पनि ताजै लाग्छ
तिम्रो ताते ताते पैतालाको
सहारा बन्दा
तिम्रो तोतेबोलिमा
तोते बोली मिसाउदै गर्दा
तिमी मुसुक्क हास्दा
त्यो स्वर्गकि लक्ष्मी मेरै
घरमा झरे जस्तो लाग्थ्यो
साच्चै छोरी तिमी प्यारी छोरी
लक्ष्मी जस्तै लाग्थ्यो

तिमी लाई थाह छ छोरी
ए बाबा कि लक्ष्मि
मेरि प्यारी छोरी
मेरि सानी छोरी
यो बाबालाई होसै भएन
बाबा ले सानी देखेको छोरी
पापी ले ठुलि देखेछ
भर्खर कोपिल्दै गरेको फुल
यो पापि को नजर मा परेछ
त्यसले त मेरि प्यारि छोरीलाई
चुडाएर लगेछ ।

तिमी लाई थाहा छ
छोरी तिमिले छोडेर गएपछी
यो बाबा एक्लो भएको छ
बाबा लाई पर देख्दा हास्दै कुद्दै
बाबाको आङ्गलोमा आउने छोरी
आज पनि तिर्मो बाबा
आङनी को डिलबाट हेरिरहन्छ
तिमी जसरी बाबा देख्दा कुद्दै आउथ्यौ
तिमी लाई देख्न पाए यो बाबा पनि
यसरी नै कुद्दै आउथ्यो
साईकल को दिलमा बसेर
बाबा सङ्ग बजार जादा तिमी
जति खुसी हुन्थयौ
यो पाली बजार बाट आउदा
तिम्रो बाबा त्यति नै दुखी थियो ।

थाहा छ छोरी
बाबा हेर्न जति आतिन्थयौ
बाबा पनि त्यति नै आतिएको छ
साच्चै छोरी तिम्रो बाबा
धेरै आत्तिएको छ
परदेशिएको बछोरी
आउने आशमा जसरी कुर्थ्यौ
नफर्किने गए कि तिमी
कतै बाट आउछ्यौ कि भनी
यो बाबा कुरिरहन्छ

मलाई थाहा छ छोरी
तिम्रो अस्मिता सङ्ग साटेर
केहि लाख का बिटा बाहेक
केही दिन सकेन यो सरकारले
बिचरा आफै अपाङ्ग जस्तो भएको छ
न्यान दिलाउन नसक्ने न्यायाधीस छ्न
अपराध लुकाउने पुलिस प्रशासन
म को सङ्ग न्याय मागु छोरी
तिम्रो आत्मा ले शान्ती पाउने गरि
मेरो देश ले केही गर्न सकेन
यो सरकार ले केही गर्न सकेन

एउटा दुखी बाबु भएर
मेरो प्यारी छोरी सम्झिएर
रुन बाहेक यो बाबू ले नि
केही गर्न नस्कने जस्तै भयो
मात्र तिम्रो आत्मा को
शान्तिको कामना बाहेक ।।

साथि Spandan Abiral को फेसबुक बाट साभार 


No comments:

Post a Comment