Saturday, September 29, 2018

यो देस अरु कसैले सुधार्ने वाला छैनन्, आफु ले आफै लाइ सुधार्नुस, घर परिवार लाइ सुधार्नुस, समुदाय लाइ सुधार्नुस देस आफै सुध्रिन्छ !!

साथीहरु !!
केहि दिन देखि मन मा केहि कुरा खेली रहेको थियो, कहिले फुर्सद होला र लेंखु लेंखु भैरहेको थियो !! र आज सनिबार फुर्सद मिलाएर लेख्न लाइ जुर्यो। फुर्सद मिलाएर पढी सल्लाह सुझाब दिनुहोला !!

दिक्क लागेर आउछ, मेरो देस नेपाल को राजनीति र येंहा का राजनीतिज्ञ देखेर।  र हामि नेपालि पनि उस्तै !! चुनाब अगाडी का घोसणापत्र र अहिलेका हाल को देसको अबस्था लाइ हेर्दा नै थाहा हुन्छ। एस्तो घिन लाग्दो राजनीति बाट हामि जस्ता युवा ले के सिक्ने ?? कसरि अगाढी बढ्ने ?? न्याय को मन्दिर मा राजनीति, सान्ति को दिप  मा राजनीति, सुरक्षा को मुर्ति मा राजनीति, सिक्षा को ज्योति मा राजनीति, स्वास्थ को मलम मा राजनीति , सर्बसाधारण जनता ले पाउने सूचना मा पनि राजनीति, येत्त्ति भनेर मात्र हुदैन !! कुनै बेला हामि राज्यको आठौ पार्टी हो भनेर राज्य को चौथो अंग भनेर आफुलाई परिभाषित गराउने मिडिया हाउस हरु मा पनि राजनीति !! आज कुनै मिडिया हाउस ले कसैको बारेमा केहि लेख्यो भने,  हामि सोझा पार्टी का कार्यकर्ता ले पुरै निउज नै नपढी हेडलाइन हेरेकै भर मा  सेयेर गर्छौ र हाम्रो बिपक्ष मा छ भने तेस्को खोइरो खन्न तिर लाग्छौ। हाम्रा मिडिया हाउस ले पनि हामी जस्ता लाइ साथ् दिन्छ र हिजो आएको निउज को खण्डन गर्दै प्रमाण हरु जुटाउन थाल्छन र सोसल मिडिया मा छ्याप छ्यापति पार्छन र घटना लाइ चरम उत्कर्स मा पुराउछ्न !! किनकि येंहा कोहि पनि अछुतो छैन राजनीति बाट, कतै न कतै बाट छोएकै हुन्छ।

यो समय सरकार कडा रुपमा प्रस्तुस हुनु पर्ने हो, तर बहुमत को दम्भ देखाएर प्रचार बाजी मात्र गर्न थालेका छन भन्दा फरक नपर्ला, कुनै सेलिब्रेटी भन्दा कम छैन।  ३३ किलो सुन काण्ड कंहा पुग्यो ??, यातायात सिन्डिकेट काण्ड कंहा पुग्यो ??,  बैदेसिक रोजगार काण्ड कंहा पुग्यो ??, महंगी नियेंत्रण कंहा पुग्यो ??, अझ भनौ निर्मला काण्ड कंहा पुग्यो ??

पर्चार बाजी मात्र गर्ने ?? घर घर मा ग्यास, मोनो रेल, तेल खानि, पेट्रोल खानि को सपना कति देखाउने ?? बाटा का खाल्डा खुल्डि उस्तै छ, धुवा धुलो उस्तै छ, खाने पानि त पाइदैन, ग्यास कसरि पाउनु पाइप मा, एक महिना हुन लाग्यो फोहोर उठाउने गाडी आउदैन, दसैँ को मुख मा मूल्य बृदी !! के हामी सहेरै बस्नु पर्ने हो ?? अझै कति सहनु पर्ने हो ?? तिम्रा पार्टी का झण्डा बोकेर, तिम्ले भनेको नै एकदम सहि हो भनेर कति दिन भन्नु पर्ने हो ?? हामि जनता ले बुझ्नु आबस्यक छ !! मनन गर्ने बेला आएको छ !!

दिनदिनै  बलात्कार का घटना बढ्दै छ, न साना नाबालक लाइ छोडेका छन, न बृदा लाइ नै !! यी नरपिचास हरु, अरु कोहि हैनन् हाम्रै देसका नेता का कार्यकर्ता हरु हुन् !! जसलाई समात्नै सकिन्न समाते पनि तुरुन्तै छुटाउनु पर्ने कस्तो बाध्यता !! नछुटुन पनि कसरि भनेको नमाने भोलिपल्टै सरुवा !!

यी र येस्ता बढ्दै गएका घटना रोक्न जनता लाइ सुसुचित गराउन महत्तोपुर्ण भूमिका खेल्न सक्ने केहि मिडिया हाउस हरु पैसा मा नि येसरी बिक्न थालेछन कि पत्रिका को पहिलो पृष्ठ मा पुरै नग्न तस्बिर !! येत्ति भनेपछि साएद हजुर ले बुझ्नु हुन्छ, गत बिहिबार प्रकासित साप्ताहिक पत्रिका "सुक्रबार" !! माफ गर्नु होला ति नारि को नाम उल्लेख गर्न सक्दिन र फोटो येंहा राख्न  पनि चाहिन।

बलात्कार का घटना बढेपछि पोखरा  तिर माननीय ले  हल्ला चलायेछ्न, कि रेडलाइट एरिया तोक्नु पर्यो कि लाइसेन्स वितरण गर्नु पर्यो रे !! के रेड लाइट एरिया तोकिएका देस मा बलात्कार नहुने नै हुन् त ?? होइन, एसका लाइ अरु देस का त कुरा छोडौ र छिमेकी देस को हालत हेरौ हरेक दिन घटेका घटना सुन्न नै नसकिने  !!

जब सम्म हामि आफै जनता सुसुचित हुदैनौ, जब सम्म हामि आफै आफ्नो ब्याबहार परिवोर्तन गर्दैनम तब सम्म यो देस येस्तै हो !! चाहे त्यो जुन सरकार नै होस् !! जल्दो बल्दो उदाहरण हेरौ  !!  हस्पिटल जानुस सबै लाइन लाएर बसेका ठाउमा, एकजना सुकिला मुकिला आएर  मलाई हतार छ भन्दै अगाडी लाइन मिच्ने !! के हामि चै थकाइ मार्न गाका हम ??,  बीच बाटोमै एकछिन त होनी भन्दै पार्किङ्ग गर्ने, बाटोमा हिन्दा घिच्नु सम्म घिचेर फोहोर चै बाटामा फ्याल्ने अनि फोहोर भयो भन्ने ?? एउटा टालो ले जिउ ढाकेर लोक सस्कृति हरायो भन्ने ?? बाटामा भेटिएका दिदि बहिनि हरु लाइ चाइ जिब्रो पट्काउदै  माल भनेर परिभाषित गराउने, तर उनि पनि कसैका दिदि बहिनी छोरी चेली हुन् भन्ने कुरा चै बिर्सिने ??

सिस्टम सबै छ, बिश्व कै उत्कृष्ठ संबिधान हामि संगै छ !! यो देस अरु कसैले सुधार्ने वाला छैनन् , हामि जस्ता जोसिला युवा हरु हाम्रै देस मा छौ, अनि हामीले नगरे कसले गर्ने !! सबै जना मिलेर पहिला आफु ले आफै लाइ सुधार्नुस, घर परिवार लाइ सुधार्नुस, समुदाय लाइ सुधार्नुस देस आफै सुध्रिन्छ !!


यो मेरो निजि बिचार हो !! हामि सबैका बिरुद्ध मा !!
जय नेपाल ! !
चित्त बुझे सेयर गरौ !!

No comments:

Post a Comment