Monday, October 1, 2018

हाम्रा दसैँ !!

बिहानै उठेर घर पोत्न का लागि रातो माटो लिन पारि पट्टि को डाँडा मा गैन्थ्यो, फर्कदा १२ बजेको घाम मा पसिना पसिना भएर घर आइपुगीन्थ्यो।  दशैँ आउन भन्दा केहि हप्ता देखि नै घर पोत्न का लागि धेरै नै पन्छैन्थ्यो, सफा पारिन्थ्यो।  रातो माटो ले लिपि त सकियो, फेरी लागिन्थ्यो कमेरो लिन को लागि, घर सिरिंगार न को लागि। केहि महिना अगाडी देखि नै दशैँ को लागि भनेर पालेर राखेको घाँस मज्जाले काटेर ठुलो चाङ्ग लगाइन्थ्यो।

चिट्ठा को लहर चल्थ्यो, सांस्कृतिक  कार्यक्रम गाम भरि नै हुन्थ्यो। छिट्टो छिट्टो घर को काम सक्कायेरा सबै जना कार्यक्रम हेर्न लाइ गैन्थ्यो, अझ चिट्ठा को नम्बर घोसना हुँदा त खुब चाख दिएर हेरिन्थ्यो।
अझै भनौ, फूटबल गेम को आयोजना गरिन्थ्यो क्लब बाट,  मैदान बाट बाहिर पुगेको बल टिप्नका लागि तछाड मछाड गरिन्थ्यो।

रुवाबासी गरेर आफ्नै घर मा  पालि को छेउ मा पिङ्ग नहाली दशैं नै आउदैनथ्यो।   दशैँ मा खसी काटेको हेर्नका लागि पल्लो गाउ सम्म पुगिन्थ्यो, तास को खाल टोल टोल मा हुन्थ्यो, फंरास , म्यारिज, कल ब्रेक मुख्य !! कसले पैसा मार्छ छेउ मा बसेर खुब हेरिन्थ्यो !! कौडा को खाल पनि टोलै पिच्छे हुन्थ्यो, बेला बेला घर बाट ममी संग रोएर लिएर गएको पैसा चाखे थापिन्थ्यो। चाखे परेको बेला औधी खुसि हुदै, दोहोर्याएर हानीन्थ्यो।

टिका को दिन आउंथ्यो, बिहानै देखि पुजा आजा।  टिका को साइत हेरेर दशैं मा किनेको लुगा लाएर टिका लगाउन लाइ तम्तयार भैन्थ्यो।  हामि प्राय ले चै दसैँ मा स्कुल ड्रेस हाल्ने गरिन्थ्यो।  टिका लगाइसकेपछि, पैसा को हिसाब किताब गर्न लाइ खुरुरु दौडेर गैन्थ्यो।  दिदि बहिनि को पैसा चै धेरै हुन्थ्यो, उनीहरु लाइ सबैले दिने।  हामि केटा हरु ले चै सबै लाइ दिनु पर्ने !! अलि अलि सापटी मागिन्थ्यो दिदि बहिनि संग र चाखे थाप्न गैन्थ्यो।  भोलि पल्ट बिहानै उठेर नया लुगा लगाएर मामा  घर जान रेडी हुइन्थ्यो, सबै आफन्त को मा टिका लगाएर घर फर्के पछि भाइ, बहिनि संग पैसा को हिसाब किताब गरिन्थ्यो, कसको कति भयो भनेर।  येत्ति गर्दा गर्दै स्कुल लाग्ने बेला हुन्थ्यो, लाग्थ्यो कि कति छिट्टै बिदा सक्केको भनेर। स्कुल का साथि हरु लाइ नि सुनाइन्थ्यो, मेरो त दशैँ मा येति पैसा भयो तेरो कति भयो ??

तर आजकाल अलि फरक छ, समय परिवोर्तन भैसक्यो !! दशैं ले पनि कोल्टो फेरिसकेछ, दशैं पनि डिजिटलाइजेसन भैसकेछ !!  एक महिना अगाडी देखि विभिन्न सोसल मिडिया मा सुभकामना बाँडिय  पनि साच्चै दशैं नै आएको जस्तो चाइ लाछैन। मोबाइल र कम्पुटर या भनौ टेक्नोलोगी ले सबैलाई सजिलो त बनायो दशैं लाइ पनि छोडेन !! सबैकुरा छोडेर, मोबाइल मै झुण्डेर दशैं बित्छ। पहिलो को जस्तो भेटघाट पनि बन्द !! एउटा बन्द कोठा मा बसेर मोबाइल/ कम्पुटर चालाउन पाइयो भने दशैँ बितेको पत्तै हुदैन। कुनै एउटा बच्चा लै सोध्नुस, बाबु तिमि मोबाइल चलाएर बस हामि चै गाउ गएर  दशैं मानेर आउछौ भनेर भन्नुस, खुसि हुदै बच्चा ले हस भनि हाल्छ।

थुप्रै कारण हरु छन, जसले हाम्रा पुराना लोक सस्कृति, परम्परा, रितिरिवाज लाइ लोप हुने अबस्था मा पुराइसके।  टेक्नोलोजी को बढ्दो प्रयोग, पश्चिमी सस्कृति को कपि, धर्म निरपेक्षेता एस का  मुख्य कारण हरु  हुन् !

खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।

दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो । 

रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थो । 

दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दसै आएझै लाग्थो । 

दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थो । 

पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो । 

बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो । अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो । 

मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो । 

घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो !!

दसैँ लाइ भनेर पालेर राखेको घास बारीमा धड्डि हुन्थ्यो र पो दसै आएझै लाग्थो !!

चंगा किन्न नपाएर पोलेथिन प्लास्टिक को चंगा बनाएर गाउ भरि उडाइन्थो र पो दसै आएझै लाग्थो !!

No comments:

Post a Comment