Sunday, January 10, 2021

प्रधानमन्त्री जस्तो मान्छे !!


प्रधानमन्त्री जस्तो मान्छे -
इतिहासमाथि मजाक गर्छ, 
लोकतन्त्रमाथि मजाक गर्छ, 
संविधानमाथि मजाक गर्छ, 
देशका नागरिकमाथि मजाक गर्छ, 
प्रतिद्वन्द्वीको शारीरिक विशेषतामाथि मजाक गर्छ। 
भ्रष्टाचारको संरक्षण गर्छ, 
खुल्लम् खुल्ला देश आफ्नो गुटीय अड्डा मात्र भएको बताउँछ, 
मजदुर, श्रमिक, किसानका आँसुको उपेक्षा गर्छ, मजाक गर्छ ।
र हामी हाँसिदिन्छौं । 
हामीलाई हाँस्ने कुरा के हो, रुने कुरा के हो भन्ने पनि थाहा छैन । 
ऊ रोइरहेका मान्छेहरुमाथि मजाक गर्छ, 
हामी हाँसिदिन्छौं । हाम्रो नियति ठगिनु, लुटिनु हैन । 
तर पनि हामी रहर गर्छौं लुटिन । 
ऊ नाङ्गो उभिएर ल हेर् भन्छ, 
हामी लिंगपूजा गर्छौं ।
अनि देश यस्तो भयो, व्यवस्था यस्तो भयो भनेर पनि के चित्त दुखाउनु ?
खासमा केपी ओली मान्छे हैन, प्रवृत्ति पनि हैन । 
ऊ ऐना हो। यो समाजको ऐना, हाम्रो ऐना । 
ऐनाको फोहोर देखेर हामी ङिच्च हाँस्छौं । 
तँहरुले/महरुले आफ्नो मुख नधोएसम्म ऐनाले यस्तै यस्तै आकृति देखाइरहनेछ । 
हामी रोइरहन्छौं, हाँसिरहन्छौं, अनि अन्तिममा रोइरहन्छौं ।
-सामाजिक संजाल बाट साभार 

No comments:

Post a Comment