Monday, November 8, 2021

तपाईंको ईमेल वा पासवर्ड लिक भएको त छैन ? चेक गर्नुहोस् !!

तपाईंको ईमेल र पासवर्ड पत्ता लगाई सामाजिक सञ्जालमा पहुँच बनाउने, विभिन्न गतिविधि गर्ने खतरा हुन्छ । त्यसैले आफ्नो ईमेल र पासवर्ड सुरक्षित छ वा छैन भनी बेलाबेलामा जान्न आवश्यक छ ।

त्यसका लागि विभिन्न माध्यम छन् । त्यसमध्ये सबैभन्दा बढी प्रयोग हुने प्लेटफर्मको रुपमा ‘Have I Been Pwned’ रहेको छ । जसमा हालसम्म लिक भएका ११ अर्ब ४२ करोड ८ लाख भन्दा बढी ईमेल रहेका छन् । जहाँ तपाईंले आफ्नो ईमेल हाली अहिलेसम्म भएको लिकमा आफ्नो ईमेल परे/नपरेको भन्ने विषयमा जानकारी लिन सक्नुहुन्छ ।

त्यस्तै पासवर्डको हकमा पनि विभिन्न प्लेटफर्म रहेका छन् । जसमा एन्टिभाइरस कम्पनी अभास्ट र नोर्डले पनि यो सेवा उपलब्ध गराएका छन् । त्यसमध्ये नोर्डपासमा हालसम्म लिक भएका ७ अर्ब ८८ करोड ४० लाखभन्दा बढी पासवर्ड सामावेश छ । भने, एभास्ट ह्याक चेकमा ५ अर्ब २८ करोड ३८ लाख पासवर्ड छ ।

जहाँ तपाईंले आफूले प्रयोग गरिरहेको पासवर्ड राखी परीक्षण गर्न सक्नुहुनेछ । यदि त्यसरी परीक्षण गर्दा तपाईंको पासवर्ड तथा ईमेल यसअघि नै लिक भइसकेको भएमा तपाईंले तत्कालै पासवर्ड परिवर्तन गर्न तथा ईमेलको हकमा टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न आवश्यक हुन्छ ।



स्रोत: टेक पाना बाट साभार 

https://www.techpana.com/2021/95927/

No comments:

Post a Comment