Monday, August 7, 2017

हामि नेपाली जनता कोइ पनि रहेनछौ, हामी सबै पार्टी का कार्यकर्ता; नेपाली राजनीति बाट सिकेको येही नै हो।

हरेक क्षेत्र मा राजनीति घुसेको छ, राजनीति ले नछोएको कुनै पनि ठाउँ छैन, यो कुरा एकिन का साथ भन्न सक्छु। कार्यपालिका, न्यायपालिका, व्यबस्थापिका  कुनैपनि चोखो छैन। कहिलेकाइ त आफैले फेर्ने सास (अक्सिजन) पनि अर्को पार्टी को पर्ला कि जस्तो लाउछ।  आफुले गरेका सबै ठिक, तेइ कुरा अरुले गर्दा सबै बेठिक। भित्रि कुरा सबै बुझी बुझी पनि पार्टी को धर्म निभाउन कै लागि झुट को राम्रै खेति गर्न सिपालु छन् नेपाल का नेता अनि नेता भक्त हरु। मेरो बुझाई मा यो कुनै राजनीति होइन, यो सबै लुटनीति हुन्।  यी सबै राजनेता होइनन लुटनेता हुन्। एसको अर्थ यो होइन कि कुनै पनि नेता राम्रा छैनन्, धेरै राम्रा नेता हरु पनि हुनुहुन्छ, जो बाहिर खुलेर आका छन् उनीहरु औला मा गन्न सकिन्छ, कति पय पार्टी ले नै दबाएर राखेको छ या भनौ काम गर्ने अवसर नै देको छैन गुट उपगुट का नाम मा। हामि नेपाली जनता कोइ पनि रहेनछौ, हामी सबै पार्टी का कार्यकर्ता; नेपाली राजनीति बाट सिकेको येही नै हो। सरकार ले खाली जनतालाई  परिवार नियोजन गर्नुस, आफ्नु जीवन स्मार्ट बनाउनुस भन्दा भन्दै आफै ले बिर्सिएछ।  अब त सरकार ले परिवार नियोजन गर्नु पर्यो नत्र ९/९ महिना मा सरकार  जन्माको जन्माई गर्छ !! अब कि राजनीति तथा  राजनेता को व्याख्या परिवोर्तन गर्नु पर्यो कि त देशलाई सच्चा देसभक्त रास्ट्र प्रेमी नेता चाहियो, कर्मचारी  चाहियो र नेपाली जनता चाहियो पार्टी का  कार्यकर्ता होइन।

No comments:

Post a Comment