- मान्छेको बाहिरी चित्र त समय संगै बदलिन्छ भने चरित्र त भित्री कुरा हो जति बद्ले पनि भयो नि कस्ले पो देख्छ र?
- झुट बिनाको नेता ,गुट बिनाको कार्यकत्ता,चापलुसी बिनाको कर्मचारि ।वैदेशिक रोजगार बिनाको नगरिक ,,लाई सजिलो छैन नेपाल ! त्यलैले त म हिडे बिदेश ।
- देशको राजनैतिक स्थिती र बिकाशका लगि आवश्यक नितीहरु बुझ्नका लागि साझपख भट्टी धाउनुस किनकी देशभक्तिले ओतप्रोत भएका मान्छेहरु त्यहि भेटिन्छन।
- दोष निमको छैन कि उ तितो छ ।स्वार्थी त जिब्रो हो जसले केवल मीठो मन पराउछ।
- बद्लिदै गरेका मानिस, बद्लिदै गरेका सम्बन्ध अनि बद्लिदै गरेकाे माैषम,चाहे नदेखिउन तर महसूस भने अवश्य हुने गर्छन ।
- म सधैं भन्ने गर्छु यो काठमाडौँ मात्र एउटा तेस्तो सहर हो जहाँ आसु तेसै बग्छ पानि किनेर खानु पर्छ ।
- हाे मलाई पनि डाहा लाग्छ ,"ती गल्लिमा मान्छेका भाेका पेटहरु हुदा हुँदै महलमा कुकुरले मासु र भात खाई रहेका बेला ।"
- परिवार भनेकाे घडिकाे सुई जस्तै हुनुपर्छ ...कुनै सदस्य सानाे,कुनै ठुलाे र कुनै स्लाे,कुनै फास्ट तर जब कसैकाे 12 बज्छ सबै साथ हुनु पर्छ ।
- "संसार का सबै भन्दा ठुला ब्यापारी भनेका नै नेपाली हुन, यिन ले पाए भने अाफु बाहेक हर काेई लाई वेच्न सक्छन"।
- गुलियो धेरै खादा तितो हुन्छ भन्ने हाम्रो समाजले तितो धेरै खादा गुलियो हुन्छ भन्न सक्दैन ।तितो र गुलियोमा त विभेद छ भने अरुको त के कुरा गर्नु..?
- जती जती मुल्य-मान्यता बढ्दै जान्छ, अलीक सभ्य र शान्त रहन सिक्नु पर्छ, नत्र च्यातीएको पत्तो हुँदैन!
- ए दु:ख! , थोरै भए पनि डिस्काउन्ट दे न, म त तेरो नियमित ग्राहक पो हुँ त हो ।
- "सुखमा साथ र दुखमा लात हान्ने मानिसको बाहुल्यता भएको ग्रह लाई पृथ्वी भनिन्छ भनेर मंगल ग्रहको सामाजिक शिक्षाको किताबमा लेखेको छ अरे ।"
- आकाशमा उड्ने पन्छी पनि स्वतन्त्र छैन,त्यो पनि प्रकृतिको नियम भित्र बाँधिएर बसेको हुन्छ !
Text from Unite our hearts
No comments:
Post a Comment