Sunday, August 6, 2017

Happy Friendship Day !! सक्दो सेयर गर्नुहोस !!


  1. सच्चा साथी त त्यो हो जसले सानो मा साइकल चलाउदा आफ्नु कट्टु फुस्किनै लाग्दापनि साथि को भरोसा तोड्दैन र साइकल समातेर लड्न दिदैन थ्यो ।  
  2. सच्चा साथी त त्यो हो जसले आनाहक मा पिटाइखायेर घर फर्कदा, बाइक निकाल सालेलाई घर बाटै थुतेर हान्नु पर्छ भन्थ्यो ।  
  3. सच्चा साथी त त्यो हो जसले  स्कूल मा लास्ट बेञ्च मा बसेर हल्ला गर्दा मास्टर ले संगै बसेको साथीलाई पिट भन्दा, बेस्मारी ताक्थ्यो र बिस्तारै हान्थ्यो। 
  4. सच्चा साथी त त्यो हो जसले गुच्चा खेलेर जितेको कोक को बिर्को को चानचुने पैसो मिनाहा गर्देको थियो। 
  5. सच्चा साथी त त्यो हो जसले  साथी साथी झगडा गरेर नाक नै भाच्दिदा, दाँत नै भाच्दिदा; मास्टर ले तलाई कसले पिटेको भन, म तेस्लाई ठिक पार्छु भनेर भन्दा, साथी तिर हेर्दै, हैन सर म आफै लडेर एस्तो भाको भनेर भनेको थियो ।  
  6. सच्चा साथी त त्यो हो जसले स्कूल जाँदा काँक्रो चोरेर खाजा खुवाउथ्यो 
  7. सच्चा साथी त त्यो हो जसले अमला र कापीको पाना साट्दा, एउटा अमला को २ पाना कापी दिन्थ्यो।  
  8. सच्चा साथी त त्यो हो जसले मास्टर ले होम्वोर्क चेक गर्दै जाँदा, होम्वोर्क त गरेको तर कापी घरमै बिर्सेछु भन्दा; हो हो मैले नि देखेको थिय, हिजो एसले होम्वोर्क गरिरको थ्यो घरमा भनेको थियो 
  9. सच्चा साथी त त्यो हो जसले दिनभर खोला मा पौडी खेलेर घर २ बजे तिरै घर फर्कदा, आमालाई आज सर हुनुहुन्थेन तेसैले छिट्टै आको भनेर आमा लै भंदिन्थ्यो। 
  10. म्याथ को नम्बर सुनाउदै गर्दा मेरो २ र साथी को १ आको थियो, हामी दुइ लाइ मास्टर ले पिट्दा, म रोइरहेको बेला; नरो न यार, मेरो भन्दा त तेरो डबल नै आको रहेछ भनेर सम्जाएको थियो।  

Happy Friendship Day !!
सक्दो सेयर गर्नुहोस !!


No comments:

Post a Comment