Wednesday, August 9, 2017

मनै छुने लब स्टोरी !!

मनै छुने लब स्टोरी !! 
मैले भने : नहेर मलाई यसरी। फेरी माया बस्ला नि, बिर्सिदिनुस ।

उनले भनिन् : बसोस के भो त। म मायामा डुब्न चाहन्छु ।

मैले भने : मायाको गहिराईको अन्दाज तिमीलाई छैन, यसमा डुब्ने भन्दा पनि भासिने गर्छन मान्छे ।

उनले भनिन् : जे सुकै होस् म तपाईलाई माया गर्छु।

मैले फेरी भने : अह यो सम्भव छैन। माया गर्नलाई पनि समय अनि परिस्थिति बुझ्नु पर्छ ।

उनले फेरी भनिन् : होइन माया गर्नलाई केही चाहिदैन । माया अन्धो हुन्छ ।

म चिच्याए : आखिर के थाहा छ तिमीलाई मेरो बारेमा ?

उनले बिस्तारै भनिन् : बस् यति थाहा छ, तपाई शान्त हुनुहुन्छ, तपाईको मन सफा छ।

म शान्त भंए : बस् त्यति मात्र । पहाडलाई पनि टाढाबाट हेर्दा मखमल बिछ्याए जस्तो देखिन्छ तर त्यस भित्रको पिडा त्यही गएपछि मात्र थाहा हुन्छ।

उनले भनिन् : के त्यसो भए पहाड चढ्नै छोडिदिने त ?

मैले भने : मेरो आशय त्यो होईन । जीन्दगी तिमीले सोचे जस्तो छैन । मेरो बास्तविकता थाहा पायौ भने तिमीले मलाई घृणा गर्न थाल्छौ ।

उनले नम्र हुदै भनिन : अह म बाट त्यस्तो हदैन। हरेक परिस्थितिमा म तपाईलाई माया गरिरहने छु।

अनि मैले आफ्नो बास्तविकता देखाउन लगाईरहेको चश्मा फुकाले ।

उनले तर्सिदै भनिन् : तपाई आखा देख्न सक्नुहुन्न ???

मैले बिस्तारै भने : हो म अन्धो हूं । आखा नदेख्ने

एक निरीह प्राणी ।।।
त्यसछि मैले कुनै आवाज सुनिन।।।


अनि धेरै समय पछि भेट भयो 

केटाले केटिलाई सोध्यो भागेर बिहे गर्ने कि मागेर बिहे गर्ने ?

केटिले भनी हामी धेरै गरीब छौ , मेरो बुवाले बिहेको खर्च धान्न सक्नुहुन्न र म मेरो बुवा आमाको धेरै सम्मान गर्छु त्यसैले मर्छु तर भागेर बिहे गर्दिन । तर तिमी मेरो बुवा आमा सँग कुरा गर्न सक्छौ अगाडी उहाँहरूको इच्छा ।

 त्यसमा मलाई कुनै समस्या छैन मलाई दाइजो चाहिएको होइन तिमी भन्छौ भने म तिम्रो बाबा आमा सँग कुरा गर्छु ।

केटा केटिको घर जान्छ र बिहेको कुरा गर्छ केटिको बुवाले भन्छन ,म सँग १००० रुपैयाँ मात्र छ यति पैसाले कसरी बिहे गरिदिउ ??
केटाले भन्यो बिहे १००० मा पनि हुन्छ ,,म भोलि आउछु मेरो परिवारलाई लिएर ।।

 अर्को दिन केटा आफ्नो परिवार सहित आउँछ अनि सबै जना उसको गाडिमा बस्छन ।। केही अगाडि गएर केटाले मिठाई पसलमा गाडी रोक्छ केटिको बाउलाई १००० को मिठाई किन्न भन्छ ।। मिठाई किनेर केटाले मन्दिरमा लगेर गाडी रोक्छ र मन्दिरमा केटिसङ बिहे गर्छ ।। 

केटाले भन्छ ल अब त्यो मिठाई अब आफ्नो टोलमा लगेर बाडिदिनुहोस ।।१००० मा बिहे पनि भयो र सबै को मुख पनि मीठो भयो ।। यस्तो कुरा सुनेर केटिको बाउको आँखा रसाउछ ।।

 तर बिहेको २ महिना पछी केटाको गाडी दुर्घटनामा मृत्यु हुन्छ ।। 

केटि दुर्घटना स्थलमा जान्छे र केटाको लास देखेर बेहोस हुन्छे ।। 

पोस्ट्मार्टम पछि केटाको लास र रगत लागेको कपडा घर आउँछ ।।

 केटाको काजक्रिया गरिन्छ ।। केटिले केटाको कपडा धोबिलाई धुन दिन्छे ।। 

धोबिले भन्छ , बहिनी यो कपडा फालिदेउ , यो कपडा अब बेकार छ ।। 

तर केटि भन्छे :- भयो म आफै धुन्छु ; यो कपडा उहाँको यादको रुपमा म आफुसँग नै राख्नेछु सधै ।।

 केटिले आफै त्यो कपडा धुन्छे तर त्यसबाट रगतको दाग गएन ।। 

साँझ जब केटि सुति उसले सपनामा एक जना बुडि आइमाईलाई देखि र डराएर उठि ।।

 अर्को दिन फेरि त्यो लुगा धोइ तर पनि त्यो रगतको दाग गएन फेरि सुति र फेरि पनि सपनामा त्यो बुडिलाई देखि सपनामा त्यो बुडिले भनी यो रगतको दाग यतिकै जादैन यो क्रम एक हप्ता सम्म चल्दैगयो केटिलाई अब सुत्न नै गार्हो भैसकेको थियो तर आठौं दिनमा केटिको घरको घन्टी बज्यो केटिले ढोका खोली र र डर ले एक्दम जोड ले चिच्याइ त्यो सपनामा आउने बुडि उसको अगाडी थिई ।।

 बुडिले भनी :- नडराउ नानी , म जान्दछु कि तिमी त्यो कपडामा भएको रगतको दाग नगएर चिन्तित छौ तर त्यो दाग यति सजिलै जानेवाला छैन किनकी ... तिमीले साबुन नै गलत प्रयोग गरिरहेकी छौ ।। यो लिउ पुजा साबुन । यसले त्यो दाग अवस्य जानेछ ।

 यति भन्दै त्यो बुडि त्यहाँ देखि साबुनको पैसा पनि नलिगी गइ ।। केटिले उक्त कपडा पुजा सबुनले धुँदा रगतको दाग सबै गयो ।।

 त्यसकारण जस्तो सुकै दाग हटाउनको लागि पुजा साबुनको प्रयोग गरौ !!

सुरुमा मेरो पनि दिमाग खराब भाको थियो,  
जब कसैले यो मलाई पठाएको थियो अब अरुको दिमाग खराब गराउने पालो तपाईको !!
आफ्नो साथीहरू लाई  सेयर गरेर अरुकोपनि दिमाग खराब गराऔ !!

No comments:

Post a Comment